नयाँ सरकारप्रति आसावादी शेयरबजार, सबै समूहमा हरियाली

Feb 15, 2018 merolagani

देउवा सरकार बर्हिगमन भएर ओली सरकार गठन हुने प्रक्रिया हुँदै गर्दा नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हरियाली छाएको छ । सेयरबजार सुधारका कार्यक्रम आउनेमा नयाँ सरकारप्रति लगानीकर्ताहरु बढी नै आसावादी हुँदा नेप्से तथा कारोबार रकममा उच्च रुपमा बढोत्तरी आएको छ भने धेरै पछि सबै समूहमा हरियाली छाएको छ ।



बजार खुले लगत्तै निरन्तर उकालो लाग्न थालेको बजार पहिलो २० मिनेटमा नै १७ अंक बढीले उकालो लागेको थियो । त्यसपछि बजारको वृद्धि केही थामिन खोजेपनि विस्तारै उकालो लागेर २.५९ प्रतिशतले बढेर बजार बन्द भएको छ ।

निरन्तर ओरालो लागेको बजारलाई नयाँ सरकार गठनको प्रक्रिया बजार बढ्ने बहाना बनेको लगानीकर्ताहरु नै बताउने गर्छन् । शेयरबजार बढ्नुमा राजनैतिक कारण बाहेक अन्य केही नरहेको एक लगानीकर्ताले भने ।

लिन्च स्टक मार्केटका प्रबन्ध निर्देशक सरिता अधिकारीले स्थाई सरकार आउने आसामा नै लगानीकर्ता बजारप्रति उत्साही भएको बताईन् । प्रोमोटर सेयरको कारोबार नहुँदा पनि कारोबार रकममा आएको उत्साहले बजारलाई नयाँ दिशा दिने उनको बुझाई छ ।

कारोबारमा आएका सबै समूहमा हरियाली छाउदा विहीबार नेप्से परिसूचक ३६.०१ अंकले बढेर १४२४.९५ अंकमा पुगेको छ । १६५ कम्पनीको कारोबार भएको बजारमा ६६ करोड ३९ लाख बढीको शेयर किनबेच भयो ।

बजारमा एक्कासी आएको उत्साहमा राजनैतिक बाहेक अन्य कारण नभएको इन्भेष्टर फोरमका उपाध्यक्ष छोटोलाल रौनियारको भनाई छ । 'ओली सरकार आउने भएपछि विगतमा ओलीले लगानीकर्ता र शेयरबजारको विकास र सुधारका लागि ब्यक्त गरेका प्रतिबद्धता पुरा हुने आसा लगानीकर्तामा देखिदा सेयर कारोबारमा सुधार आएको हो, बजार सुधारका धेरै कामहरु गर्न बाँकी छ भोलिका दिनमा नयाँ सरकारले गर्ने कामहरुका आधारमा बजार निर्धारण हुन्छ ।; उनले भने 

यसदिन सबैभन्दा बढी बीमा समूहको सूचक २१३ अंकले बढेको छ । व्यापार र अन्य समूहको सूचक एकल अंकले बढ्दा अन्य सबै समूहको सूचक दोहोरो अंकले बढेको छ ।

विहीबारको बजारमा कुमारी बैंकको सबैभन्दा धेरै ३ करोड ४८ लाख बराबरको कारोबार भयो । इन्भेष्टमेन्ट बैंकको पनि ३ करोड बढीको शेयर किनबेच भएको छ । नेपाल लाइफ, सानिमा बैंक र नबिल बैंकको पनि दुई करोड बढीको सेयर किनबेच भयो ।

यसदिन श्री इन्भेष्टमेन्ट र अरुण फाइनान्सको शेयरमूल्य करिब दश प्रतिशतको हाराहारीमा बढेको छ । त्यस्तै मेरो माइक्रो, नेशनल माइक्रोफाइनान्स, नेपाल इन्स्योरेन्स लगायतका कम्पनीको शेयरमूल्य पनि आठ प्रतिशत भन्दा धेरैले बढेको छ ।
बढेको बजारमा एनएमबि शुलभ फण्ड, सिर्जना फाइनान्स, सिन्धु विकास बैंक लगायतको सेयर मूल्य भने घटेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।