यु एस बैंक माथि सम्पत्ती सुद्धीकरणको आरोप, ६१३ मिलियन जरीवानसहित छानविन सुरु

Feb 18, 2018 merolagani

गैरकानुनी क्रियाकलापमा सहयोग गरेको अर्थात् गैरकानुनी हर्कत रोक्न नसकेको भन्दै अमेरिकाको पाँचौ ठूलो बैंक ‘यु एस बैंक’ माथि संघीय निकायले आरोप लगाएको छ । मिनेपोलिसस्थित यु एस बैंकलाई त्यहाँको न्यायिक विभागले सम्पत्ती सुद्धीकरणका विभिन्न नियमको उलंघन गरेको अरोप लगाएको हो ।

विभागले गैर कानुनी व्यावसायमा एक जना कर्जाबाहकलाई सघाएको र बैंकको ग्राहकमार्फत नियतवस अपराधिक गतिविधि गरेको भनेको छ ।

म्यानहाटनमा संघीय अभियोजनकर्ता र त्यसमा फरक मत राख्नेहरुबीच बैंकले ग्राहकको कारोबार नियमन सुधार गरेको देखाउने विषयमा सहमतिमा पुगेका छन् । न्यायिक विभागले लगाएको अभियोग र अरु नियमनकर्ताको मुद्दालाई सहमतिमा ल्याउनका लागि बैंकले जरीमाना र सजायी गरी ६१ करोड ३० लाख (६१३ मिलियन) अमेरिकी डलर तिराएको छ ।

तर बैंकका कार्यकारी अधिकृत एन्डे सिसिरेले भनेका छन्– सम्पत्ती सुद्धीकरण कार्यक्रमलाई सुधार गर्नका लागि बैंकले महत्वपूर्ण लगानी गरीसकेको छ । उनले हाम्रो संस्कृति तथा विश्वसनीयताले माग गरेभन्दा राम्रो गरेको बताएका छन् ।

यु एस बैंकलाई लगाइएको मुद्दा ठूला बैंकहरु एचएसबिसी तथा स्टान्डर्ड चाटर्सलाई लगाइए जस्तै छ । यस बैंकले क्युवा तथा इरानका लागु औषध करोबारीसँग अमेरिकाबाट व्यावसाय सञ्चालन गरेको भनिएको छ ।

सन् २०१२ मा संघीय अभियोजनकर्ताले एचएसबिसी विरुद्ध एक खर्ब ९० अर्ब(१.९ बिलियन) अमेरिकी डलरको मुद्दा व्यवस्थापन गरेका थिए । अहिले यु एस बैंकलाई त्यस्तै मुद्दा लगाइए पनि बैंकले भने अस्वीकर गर्दै आएको छ ।

पाँच वर्षदेखि बैंकका कर्मचारीले सुरक्षा प्रणाली सन्तुलित राख्न प्रयास गर्नुका साथै ग्राहकको शंकास्पद गतिविधिलाई अन्तरिक स्टाफसम्म जान रोकेको अधिकारीले आरोप लगाएका छन् । सन् २००९ मा सम्पत्ती सद्धीकरणका विषयमा यु एस बैंक र त्यसका काम गर्ने कर्मचारीका विषयमा अनुसन्धान गर्न भनिएको थियो ।

यस सम्बन्धमा बैंकमा भएको गैर कानुनी विषयको अनुगमन गर्न थालेपछि यु एस बैंकका प्रवक्ता राना रिल्पेले भनेका छन्– सन् २०१४ देखि बैंकका उच्च कर्मचारीको भरमा छोडिएको थियो । पूर्व संघीय अभियोजनकर्ताकताले बैंकका उच्च कर्मचारीबाट हुने आपराधीक क्रियाकलाप चुनौतिपूर्ण छ । प्रत्येक शंकास्पद कारोबारलाई भेट्टाउन मुश्किल भएको उल्लेख गर्दै उनीहरुले नियमनकर्तालाई निर्धक्क पूर्वक काम गर्न दिनुपर्छ भनेका छन् ।

अभियोजनकर्ताले गत अक्टोबरमा गैरकानुनी कारोबारमा अदालतले दोषी ठहरीयाका स्कट टकरको अनौठो तवरले कारोबार सञ्चालन गरेको विषयमा बैंकले जानकारी दिन नसकेको बताएका छन् । गत विहीबार बैंकलाई दोषी देखाइदा असंख्य खाता खुला थिए र नियमनकर्ताले स्कटको कारोबारमा अनियमिता देखिएको थियो । उनले व्यावसायीक खाता प्रयोग गरेर करोडौं डलर भुक्तानी दिइएको देखिएको थियो । यस कार्यमा बैंकका उच्चअधिकारी संलग्न भएको पत्ता लगाउन न्यायीक विभागले सकेको छैन ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।