प्राइम लाइफको बुकक्लोज तय

Feb 18, 2018 Merolagani

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC) ले १६० प्रतिशत हकप्रद जारी गर्न सेयरधनी किताब बन्द गर्ने मिति तय गरेको छ । कम्पनीले फागुन १७ गते विहीबार बुकक्लोज गर्ने भएकाले १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद प्राप्त गर्नेछन् ।

प्राइम लाइफले हकप्रद विक्री गर्न धितोपत्र बोर्डबाट माघ २८ गते अनुमति पाएको थियो ।

इन्स्योरेन्सले एक बराबर एक दशमलव ६ कित्ता अनुपातमा ६१ लाख दुई हजार एक कित्ता हकप्रद सेयर जारी गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकको जिम्मेवारी प्रदान गरेको छ ।

इन्स्यारेन्सले हाल कायम पूँजीको ३२.५ प्रतिशत र १६० हकप्रदले समेत पाउने गरि समायोजित बोनसदर १.५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरिसकेको छ । हकप्रद बिक्री र बोनस सेयर पूँजीकरण पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइमले ११ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।