आइतबार ११.०५ अंकले घटेर १४१३.९० विन्दुमा झरेको छ । कारोबारमा आएका अधिकांस समूह ओरालो लागेपछि समग्र बजार ओरालो लागेको हो । नेप्सेमा आएको गिरावट सँगै कारोबार रकम समेत घटेको छ । यसदिन १५९ कम्पनीको ५९ करोड ०६ लाख रुपैयाँको भएको छ । गत बिहीबार ६६ करोड ३९ लाख बराबरको सेयर कारोबार भएको थियो।
गत विहीबार स्थायी सरकार गठन हुने भएपवछि शेयर बजार ह्वात्तै बढेको थियो तर सरकार र सरकारमा साझेदार गर्ने दलहरुबीचको वार्ताको क्रमनै जारी रहेकाले लगानीकर्तामा अन्योलता पैदा भएको लगानीकर्ताको आँकलन छ । अर्कातर्फ निरन्तर घटेको बजार एक्कासी बढेपछि नाफा सुरक्षित गर्नेहरु पनि बजारमा सक्रिय हुँदा बजारमा बिक्रीको चाप बढ्न जादा नेप्से ओरालो लागेको हो ।
त्यस्तै विगतमा कम्पनीहरुले वितरण गरेका हकप्रद र बोनस सूचिकरणले बजारमा आपूर्ति निरन्तर बढीरहेको छ । जसले गर्दा बजारमा सेयर संख्या धेरै भएको छ । जसको अनुपातमा बजारमा नयाँ लगानीकर्ता थपिन सकेका छैनन् । अर्कातर्फ बैंक तथा वित्तीय संस्थामा तरलता अभाव चुलिएको छ । लगानीयोग्य पुँजी अभावमा बैंकहरुले चर्को ब्याज दिएर निक्षेपकर्ता तानिरहेका छन् । यसको असर पुँजी बजारमा पर्दै आएको छ ।
सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ। बोटलर्स नेपालका शेयरधनीले सबैभन्दा धेरै ४.०२ प्रतिशतले कमाएको बजारमा प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले ७.५ प्रतिशतले गुमाएका छन्।