ग्रीन डेभलपमेन्ट बैंकको ४०० प्रतिशत हकप्रद छुट्याे कि !

Feb 19, 2018 Merolagani

ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) को चार सय प्रतिशत हकप्रदमा आवेदन गर्ने  मंगलबार (फागुन ८ गते) अन्तिम दिन रहेको छ । बैंकले हकप्रदमा अावेदन गर्ने म्याद साेमबारसम्म नबढाएकाले मंगलबारसम्म मात्र हकप्रदमा अावेदन गर्न पाइनेछ । बैंककाे  हकप्रद माघ २ गतेदेखि  खुला भएको थियो ।

ग्रीनले चुक्त्ता पूँजी १० करोड रूपैयाँको १ बराबर ४ को अनुपातमा प्रति शेयर एक सय रूपैयाँ अङ्कीत दरको ४० लाख कित्ता हकप्रद शेयरको बिक्री खुला गरेकोे हो । हकप्रद शेयर खरीदका लागि बैंकको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स रहेको छ ।

बिक्री प्रबन्धकको कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकका शाखाहरूमा हकप्रद आवेदन फर्म उपलव्ध हुने छ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी बैक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ ।

हकप्रद प्रयोजनका लागि बैंकले पुस १६ गते बुक क्लोज गरेको थियो । यसअनुसार पुस १५ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।

हाल बैंकको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ । चार सय प्रतिशत हकप्रद शेयर निष्कासनपछि बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ । बैंकको सेयरमूल्य प्रतिकित्ता १९४ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।