बाल्टिक समुद्री किनारमा अवस्थित यो स्वतन्त्र मुलुकको भ्रष्टाचार निवारण संस्थाले उनीमाथि गरिएको कारबाही तथा अनुसन्धानका विषयमा विस्तृत जानकारी नदिएको बिबिसीले जनाएको छ ।
लात्भियाका प्रधानमन्त्री मरिस कुसिन्स्कीसले सोमबार आपतकालिन मन्त्रिपरिषद्को बैठक बोलाएपनि कुनै पनि अस्वाभाविक राष्ट्रिय आपत नभएको बताएका थिए । प्रधानमन्त्रीको वक्तव्यमा भनिएको छ– लात्भियन आर्थिक प्रणालीमा कुनै त्यस्तो आपत्का संकेत देखिएको छैन । उनले प्रधानमन्त्रीको पदबाट अथवा कुनै अधिकारीबाट भ्रष्टाचार विरोधी संस्थाको कार्यमा हस्तक्षेप गर्नुपर्ने कुनै कारण नभएको भनेका छन् ।
प्रधानमन्त्री मरिसले भने – 'संस्थाको काम कारबाही व्यावसायिक र यथार्थपरक हुनुपर्छ । उनले बाहिरबाट कुनै पनि किसीमको प्रभाव हुन नहुने भन्दै अनुसन्धान तथा छानविनमा सरकारको पूर्ण सहयोग हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।'
प्रमुखलाई हिरासतमा लिएको विषयमा केन्द्रीय बैंकले कुनै टिप्पणी नगरेपनि भ्रष्टाचार र गैह्रकानूनी क्रियाकलापमा शून्य सहनशिलता अपनाइले बताएको छ । बैंकले सामाजिक सञ्जाल ट्विटर मार्फत उक्त घटनाले बैंकमा कुनै असर नपरेको भन्दै सोमबारदेखि राष्ट्रिय केन्द्रीय बैंकले नियमित रुपमा आफ्नो काम पुनःसञ्चालन गर्ने विश्वास दिलाउँदै ब्यापारी र साधारण जनतालाई सेवा दिने बताएको छ ।
लात्भियाका अन्य केही बैंक पनि केही महिना यता अनुसन्धानको घेरामा परेका छन् । सन् २०१७ को जुलाईमा अन्तर्राष्ट्रिय प्रतिबन्ध अनुसार रोक लगाइएको विषयमा उत्तर कोरियालाई आफ्ना ग्राहकमार्फत सघाएको विषयमा झुटो विवरण दिएको भन्दै त्यहाँको दुई वटा बैंकलाई जरिवाना गरिएको थियो ।
त्यहाँको नर्भिक बैंकले केन्द्रिय बैंकले स्वच्छाचारी रुपमा र विनाकारण नियमन उपचार गरिएको भन्दै विवाद गरेको थियो । तर, त्यो विषय पूर्णरुपमा अझै समाधान भएको छैन । ५२ वर्षीय रिमसेभिकलाई हिरासतमा लिनुको कारण उक्त विषयमा अनुसन्धान पनि हुन सक्छ भनिएको छ ।
यसै साता अमेरिकी ट्रेजरीले सम्पत्ती शुद्धीकरणलाई संस्थागत गरेको भन्दै लात्भियाको सबैभन्दा ठूलो बैंक एबिएलभीसँग डलरको कारोबार नगर्न भनेको थियो ।
दुई करोड जनसंख्या भएको सानो देश लात्भियाले सन् २०१४ को जुनमा युरोजोनको १८ औं सदस्य भएको थियो । सोभियत युनियनबाट स्वतन्त्र भएको लात्भियालाई युरोपेली संघले सन् २००४ मा सदस्यको रुपमा स्वागत गरेको थियो भने केही साताअघि नेटो सदस्य मुलुकमा पनि जोडिएको थियो ।