इमर्जिङ्ग नेपालले ५ करोडको आइपिओ जारी गर्ने,एनआईसीए क्यापिटल बिक्री प्रबन्धक

Feb 25, 2018 Merolagani

ईमर्जिङ्ग नेपाल लिमिटेडले पाँच करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले एन आई सी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले कर्मचारीलाई सहित उक्त परिमाणको सेयर जारी गर्ने जनाएको छ ।

आइतबार एनआईसीए क्यापीटल र र ईमर्जिङ्ग नेपाल लिमिटेड बिच सेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा एन आई सी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल तथा ईमर्जिङ्ग नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा विनोद आत्रेयले हस्ताक्षर गरे ।

नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले विभिन्न क्षेत्रमा सेयर लगानी गरि देशका आधारभूत संरचना विकाशमा कार्य गर्नेछ ।

एन आई सी एसिया क्यापिटल लिमिटेडले हाल बजारमा कायम रहेको बैंक तथा बित्तिय संस्था, इन्स्योरेन्स र जलबिद्युत लगायत अन्य क्षेत्रहरुका कम्पनीहरुलाई सर्वसाधारणमा शेयर निष्काशन गर्न सहजीकरण गर्दै आइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।