Tue, Mar 26, 2024
नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडका विभिन्न शाखाका कर्जा अधिकृतहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी ले नियन्त्रणमा लिएको छ । कर्जा प्रवाह गर्ने क्रममा एक अर्ब बढी रकम हिनामिना गरेको आरोप सिआईबीको छ ।
केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीले झण्डै चार दर्जन कर्मचारी नियन्त्रणमा लिएको छ । उनीहरुको घोटाला बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कर्जा अधिकृतहरुले एक अर्व बढी रकम रुपैयाँ हिनामिना गरेको आरोप छ । कर्जा दिने क्रममा तोकिए भन्दा दोब्बर बढी रकम निकासा गरी उनीहरुले घोटाला गरेको आरोप लगाइएको छ ।
बैंकका सिईओ यतिबेला मुलुक बाहिर रहेका छन् । तर बैंकका उच्च अधिकृतहरु र संचालकहरुसँग सम्पर्क गर्दा यसबारेमा केही बताउन चाहेनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साता नेपाली काँग्रेससँगको गठबन्धन टुटाएर नेकपा एमालेसहितका दलहरुबीचमा गठबन्धन गर्ने सम्झौता गरेपछि पूँजी बजारमा केही आशा पलाएको थियो ।