सञ्चालक तथा कर्मचारी पक्राउ परेपछि के भन्छ एनसीसी बैंक ?

Mar 16, 2018 Merolagani

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकका सञ्चालकदेखिका कर्मचारीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेसँगै एनसीसी बैंकमा कस्तो असर पर्छ भन्ने चासो बढेर गएको छ । शुक्रबार कर्मचारी पक्राउ परेपनि एनसीसी बैंकलाई कुनै पनि किसिमको नकरात्मक असर नपर्ने देखिएको छ ।

सञ्चालक तथा कर्मचारी पक्राउ भएको सम्बन्धमा एनसीसी बैंकले कुनै पनि गतिविधि आफ्नो हातमा नरहेको प्रतिकृया दिएको छ । यद्यपी यसबाट लगानीकर्ता र निक्षेपकर्तालाई कुनै असर नपर्ने एनसीसी बैंकले जनाएको छ ।

एनसीसी बैंकका लगानीकर्ता तथा सेवाग्राहीलाई कुनै असर नपर्ने राष्ट्र बैंकले यसअघि नै बताइसकेको छ । एनसीसी बैंकले भने कुनै पनि विषयमा आफ्नो औपचारीक धारणा सार्वजनिक गरेको छैन । अनौपचारिक रुपमा मेरोलगानीसँग कुरा गर्दै बैंकका एक अधिकारीले तत्कालीन एपेक्स तर्फको कर्जाको विषय भएको र त्यसको नोक्सानी व्यवस्थापन एनसीसीमा भैसकेकाले लगानीकर्ता र सेवाग्राहीलाई कुनै नकरात्मक असर नपर्ने बताए ।

...[डेढ अर्ब घोटाला काण्डले एनसीसी बैंक र निक्षेपकर्तालाई कुनै समस्या पर्देन : राष्ट्र बैंक]...

नोक्सानी कोष व्यवस्थापन भैसकेका कारण अब असुली हुने रकमले एनसीसीलाई अघि बढ्न थप मद्धत गर्ने बैंकका ती अधिकारीले मेरोलगानीलाई बताए ।

एपेक्सबाट नियोजित रुपमा प्रवाह भएको कर्जाको नोक्सानी कोष व्यवस्थापन भैसकेकाले नकरात्मक असर नपर्ने देखिएको हो । योजनाबद्ध रुपमा एपेक्सबाट कर्जा प्रवाह भएका कारण कतिपय कमसल प्रकृतिका धितो लिलामको उचित मूल्य आउन नसक्ने भएकाले असुली हुने रकम घट्न सक्ने देखिन्छ ।

केही ऋण उठिसकेको सन्दर्भमा थप रकम असुली भएपछि एनसीसीको अहिलेको अवस्थामा सुधार आउने देखिएको हो । एपेक्स तर्फको भुक्तानी हुन बाँकी कर्जा असुलीका लागि कानूनी बाटो पनि खुल्ला भएसँगै एनसीसीलाई थप सहज हुने देखिएको हो । 

एनसीसीमा एपेक्स डेभलपमेन्ट बैंक मर्ज गर्ने क्रममा एपेक्सले अर्बौं रुपैयाँको नक्कली कर्जा प्रवाह गराएको थियो । एनसीसीसँग मर्जर सम्झौता भएपछि एपेक्सका विभिन्न शाखाबाट अनियन्त्रित रुपमा प्रवाह भएको कर्जाले एनसीसी बैंक समस्यामा परेपछि एपेक्सका अध्यक्ष सहितका कर्मचारीलाई सिआईबीले अनुसन्धानका लागि पक्राउ गरेको हो ।

मर्जर सम्झौता भएपछि एपेक्सले मर्जर समितिलाई जानकारी नगराई २ अर्ब रुपैयाँ हाराहारीको कर्जा प्रवाह गरेको थियो । अहिले ४८ करोड रुपैयाँ बराबरको रकम मात्र भुक्तानी भएको छ भने बाँकी १ अर्ब ५२ करोड रुपैयाँ कर्जा नोक्सानी कोषमा व्यवस्थापन भएको छ । यो रकम असुली नभएपछि राष्ट्र बैंकको आग्रहमा केन्द्रीय अनुसन्धान ब्यूरोले कारबाही प्रकृया सुरु गरेको हो ।

एपेक्सबाट कसरी अनियन्त्रित रुपमा कर्जा प्रवाह भएको थियो ? भन्ने सामग्री केही बेरमा प्रकाशित हुनेछ ।

...[यसरी सिआईबीको अप्रेशनमा परे तत्कालीन एपेक्स बैंक घोटालाका आरोपी, जुठो हातमै समातिए]...

...[यी हुन सीआईबीले पक्राउ गरेका एनसीसी घोटलामा संलग्न १३ अभियुक्त]...

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।