झन् झन् बलियो बन्दै इन्भेष्टमेन्ट बैंक,खुद नाफा वृद्धिदर कायमै

Apr 25, 2018 Merolagani

चुक्ता पूँजी, निक्षेप तथा कर्जा परिचालनमा निजी क्षेत्रको सबैभन्दा ठूलो रहँदै आएको बैंक नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले गत बर्षको खुद नाफा वृद्धिदरलाई कायम राख्दै १९.३८ प्रतिशतले आफ्नो खुद नाफा बढाएको छ । हाल सम्म वित्तीय विवरण प्रकाशित गर्ने १२ वाणिज्य बैंकमा इन्भेष्टमेन्ट बैंक खुद नाफाको आधारमा पहिलो वाणिज्य बैंक बनेको छ ।

तरलता संकटका बाबजुत बैंकले तेस्रो त्रैमासमा खुद नाफामा १९ प्रतिशतले सुधार गरेर दुई अर्ब ८३ करोड रूपैयाँ कमाएको छ । बैंकले ९४ प्रतिशतले बढेको ब्याजखर्च, ३४ प्रतिशतले बढेको कर्मचारी खर्च तथा खराब कर्जामा देखिएको ५३ प्रतिशत बढी नोक्सानी व्यवस्थाको बाबजुत उक्त नाफा आर्जन गरेको हो ।

गत बर्षको तेस्रो त्रैमासमा पनि बैंकले २० प्रतिशतले खुद नाफा बढाएर दुई अर्ब ३७ करोड नाफा आर्जन गरेको थियो । चालू आवकाे तेस्राे त्रैमासमा गत बर्षको तुलनामा १९.३८ प्रतिशतले खुद नाफा बढाउँदै बैंकले आफ्नो प्रतिको रफ्तारलाई कायम नै राखेको छ ।

एस डेभलपमेन्ट बैंकलाई आफुमा विलय गराएको बैंकले चुक्ता पूँजी घटेसँगै प्रतिसेयर आम्दानी ह्रास हुन्छ भन्ने मान्यतालाई समेत गलत साबित गरेको छ । निजी क्षेत्रको सबैभन्दा धेरै चुक्ता पूँजी रहेर पनि बैंकले प्रतिसेयर आम्दानी बार्षिक ३५ रुपैयाँ ६० पैसा कायम गरेको छ । एस डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर बैंकले ९ अर्ब ९५ करोड रुपैयाँको जगेडा कोष बनाएको छ ।



एक खर्ब ३० अर्ब निक्षेप संकलन गरेर बैंकले एक खर्ब १८ अर्ब कर्जा तथा लगानी गरेको छ । निक्षेप संकलन एनआइसी एशिया बैंक भन्दा ३ करोड कम संकलन गरेपनि र कर्जाको आधारमा पनि बैंकले १० करोड बढी प्रवाह गरेको देखिन्छ ।

ब्याज आम्दानी, सञ्चालन मुनाफा तथा वैदेशिक मुद्राको कारोबारको बृद्धि नै उसको खुद नाफामा बढोत्तरीको मुख्य कारण देखिएको छ । बैंकको खराब कर्जा अघिल्लो बर्षको तुलनामा सामान्य बढेपनि एक प्रतिशत भन्दा कम नै रहेको छ । यसअवधिमा बैंकको कर्जा निक्षेप अनुपात बढेर ७८ प्रतिशत पुगेकाे छ भने खराब कर्जा ०.७६, निक्षेप लागत ६.३५, अाधार ब्याजदर ९.१२, र मूल्य अाम्दानी अनुपात १८.७४  प्रतिशत रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।