उक्त शाखारहित बैकिङ्ग सेवाको उद्घाटन जानकी गाउँपालिका प्रमुख प्रदिप कुमार चौधरी र ग्लोबल आइएमई बैंकको सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
बैंकका १२९ शाखा, १३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर, ८४ शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि-सर्म्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।