कुन बैंकमा कति छ सर्वसाधारणको पैसा ? सरकारी बैंक जनताको रोजाईमा

May 22, 2018 Merolagani

सुरेन्द्र थापा
निजीक्षेत्रका भन्दा सरकारको स्वामित्वमा रहेका वाणिज्य बैंकहरु सर्वसाधारण बचतकर्ताको निक्षेप तान्न अब्बल देखिएका छन् । तरलताको अवस्था असहज रहेको भन्दै आकर्षक ब्याजदरका योजना सार्वजनिक गरेर निक्षेप तान्ने प्रतिस्पर्धामा बैंकहरु उत्रदा सर्वसाधारणले भने सरकारी बैंकलाई नै विश्वास गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत्रमसान्तसम्ममा हाल संचालनमा रहेका कुल २८ वटा वाणिज्य बैंकहरुमा २२ खर्ब ७० अर्ब निक्षेप रहेको छ ।जसमध्ये सर्वसाधारणको निक्षेप १० खर्ब ९९ अर्ब रुपैयाँ रहेको छ ।

२८ वाणिज्य बैंकमा कुल निक्षेपको ४८.४१ प्रतिशत हिस्सा निक्षेप सर्वसाधारणको रहेको छ । ५१.५९ प्रतिशत निक्षेप संस्थागत तथा विदेशी मुद्राको निक्षेप देखिन्छ ।

२८ वाणिज्य बैंकमा १० खर्ब ९९ अर्ब सर्वसाधारणको निक्षेप रहेकोमा तीन सरकारी बैंकमा मात्रै कुल  निक्षेपको २१.३३ प्रतिशत अर्थात दुई खर्ब ३४ अर्ब निक्षेप सर्वसाधारणको छ ।

सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकमा सर्वसाधारणको एक खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जुन राष्ट्रिय वाणिज्य बैंकमा रहेको कुल निक्षेपको ७५.७१ प्रतिशत हुन आउँछ ।

सर्वसाधारणको कुल १० खर्ब ९९ अर्ब निक्षेपमध्ये राष्ट्रिय वाणिज्य बैंकमा मात्र सर्वसाधारणको १०.५६ प्रतिशत निक्षेप छ ।

यस्तै कृषि विकास बैंकमा सर्वसाधारणको ६० अर्ब ४४ करोड र नेपाल बैंकमा ५७ अर्ब ९७ करोड रुपैयाँ निक्षेप सर्वसाधारणको देखिन्छ । जुन ती बैंकहरुमा भएको कुल निक्षेपको क्रमश ६६.८५ र ६३.८४ प्रतिशत हो ।

यता निजी बैंकहरुमध्ये कुल निक्षेपको अनुपातमा सर्वसाधारणको निक्षेप सबैभन्दा धेरै हुनेमा हिमालयन बैंक अगाडि देखिन्छ । जसमा कुल निक्षेपको ५७.८५ प्रतिशत निक्षेप सर्वसाधारणको छ । हिमालयनमा ९६ अर्ब ३२ करोड निक्षेपमध्ये ५५ अर्ब ७२ करोड सर्वसाधारणको छ ।

यस्तै प्रभु, सानिमा, एभरेष्ट र एनसीसी बैंकमा सर्वसाधारणको निक्षेप अनुपात ५० प्रतिशत भन्दा बढी रहेको छ । सबैभन्दा कम प्राइम बैंकमा कुल निक्षेपको २७.५९ प्रतिशत हिस्सा मात्र सर्वसाधारणको देखिन्छ । सिद्धार्थ, सिभिल,सेञ्चुरी,एनबी, एनआईसी एशिया र मेगा बैंकमा सर्वसाधारणको निक्षेपको अनुपात ४० प्रतिशत भन्दा कम छ ।

निजी बैंकतर्फ रकमको आधारमा सबैभन्दा धेरै एभरेष्ट बैंकमा ५७ अर्ब ४२ करोड सर्वसाधारणको निक्षेप रहेको छ । त्यसपछि नबिलमा ५६ अर्ब ७७ करोड,इन्भेष्टमेन्टमा ५६ अर्ब १८ करोड, हिमालयनमा ५५ अर्ब ७२ करोड र एनआइसी एशियामा ५३ अर्ब ९ करोड सर्वसाधारणको निक्षेप रकम छ । 

 रकमको आधारमा सबैभन्दा कम सर्वसाधारणको निक्षेप सिभिल बैंकमा १३ अर्ब ९२ करोड छ । यसैगरि बंगलादेश बैंकमा १६ अर्ब ८१ करोड, मेगामा १७ अर्ब १३ करोड, सेञ्चुरीमा २० अर्ब ४२ करोड र प्राइम बैंकमा २० अर्ब ४७ करोड सर्वसाधारणको निक्षेप रहेको छ ।

सिभिल बैंक कुल निक्षेप र सर्वसाधारणको निक्षेप दुवैमा सबैभन्दा कमजोर देखिएको छ । राष्ट्रिय वाणिज्य बैंक कुल निक्षेप र सर्वसाधारणको निक्षेप संकलनमा सबैभन्दा अगाडि रहेको छ ।

ग्रामिण क्षेत्रसम्मको शाखा सञ्जालको पहुँच तथा सरकारी कर्मचारीहरुको निक्षेप समेत सरकारी बैंकहरुमा बढी हुने भएकाले सर्वसाधारणको निक्षेप तान्न सरकारी बैंकहरु सफल देखिएका हुन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।