प्रभु इन्स्योरेन्सको ४६% हकप्रद सुरक्षित गर्ने आइतबार अन्तिम दिन

May 27, 2018 Merolagani

प्रभु इन्स्योरेन्स (PRIN) ले जारी गर्ने ४६ प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद जारी गर्न जेठ १४ गते सोमबार सेयरधनी किताब बन्द गर्ने भएकाले आइतबारसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद पाउनेछन् ।

 

प्रभु इन्स्योरेन्सले धितोपत्र बोर्डबाट बैशाख २७ गते १० बराबर ४.६ कित्ता अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद सेयर निष्काशन गर्न स्वीकृती प्राप्त गरेको थियो । जसमा विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्देछ ।

इन्स्योरेन्सले जारी गर्ने हकप्रद बिक्री पश्चात उसको चुक्ता पूँजी बीमा समितिले तोके बमोजिम एक अर्ब रुपैयाँ नाघ्ने भएको छ ।

कम्पनीको गत कात्तिक २१ गते सम्पन्न साधारणसभाले १९.२० प्रतिशत बोनस पश्चात ४६ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि प्रभुको चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार रुपैयाँ पुग्नेछ । 

चालू अावकाे तेश्राे त्रैमासमा कम्पनीले १३ कराेड ०८ लाख रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर अाम्दानी १९ रूपैयाँ कायम गरेकाे छ । विहीबार इन्स्योरेन्सकाे प्रतिकित्ता ७६५ रूपैयाँमा सेयर काराेबार भएकाे छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।