आरएसडिसी लघुवित्तले हकप्रद जारी गर्न तोक्यो बुकक्लोज

May 27, 2018 Merolagani

आरएसडिसी लघुवित्त (RSDC) ले ६० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रयोजनका लागि जेठ २२ सोमबार सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यस अनुसार जेठ २१ गतेसम्म कायम रहेका सेयरधनी हकप्रद भर्न याेग्य हुनेछन् । 

आरएसडिसीको सेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । सेयरधनीले एनआईबिल एस क्यापिटलको कार्यालय लाजिम्पाट तथा यसका शाखा कार्यालयका साथै तोकिएको इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय मार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

लघुवित्तले ५ बराबर तीन कित्ता अनुपातमा २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डबाट बैशाख २६ गते स्वीकृती प्राप्त गरेकाे थियाे। कम्पनीको चौथो वार्षिक साधारण सभाले ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

लघुवित्त कम्पनकाे चुक्ता पूँजी ३५ करोड ९९ लाख ५९ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्काशनपछि लघुवित्तकाे ५७ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

कम्पनीले चालू आवको तेश्रो त्रैमासमा दुई करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।लघुवित्तकाे सेयरमूल्य अाइतबार ८१५ रूपैयाँ हाराहारीमा काराेबार भैरहेकाे छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।