बेष्ट फाइनान्ससँग बेचिने भएपश्चात कता हरायो सिनर्जीको इनर्जी ?

May 27, 2018 Merolagani

गत असोजमा बेष्ट फाइनससँग विलय हुने सम्झौता गरेको सिनर्जी फाइनान्स (SYFL) को प्रगति खस्किन थालेको छ । गत आर्थिक बर्षको तेश्रो त्रैमासमा २१ करोड ७० लाखरुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा दुई करोड ५७ लाख रुपैयाँमा झरेको हो ।

कम्पनीको खराब कर्जाको अनुपात पनि धेरै उच्च छ । यो खराब कर्जा घटाउन आफँै समस्याग्रस्त संस्थालाई सुधार गरेर आएको बेष्ट फाइनान्सलाई पनि त्यति सहज देखिँदैन । सिनर्जीको खराब कर्जा अनुपात २३.४० प्रतिशत रहेको छ ।

फाईनान्सले एक अर्ब ९५ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ एक अर्ब ६१ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले खुद ब्याज आम्दानी भने बढाएको छ । गत बर्ष पाँच करोड ६८ लाख खुद व्याज आम्दानी गरेकोमा ६ करोड २७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

४७ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्स कम्पनीको प्रतिसेयर ४.६७ रुपैयाँ आम्दानी रहेको छ । तेश्रो त्रैमाससम्ममा कम्पनी १६ करोड ०२ लाख रुपैयाँ जगेडा नोक्सानीमा पुगेको छ ।

खराब कर्जा वापत १९ करोड ९४ लाख रुपैयाँ नोक्सानी व्यवस्था गरेपश्चात फाइनान्सको २० करोड तीन लाख रुपैयाँ सञ्चालन नोक्सानीमा पुगेको छ । यद्यपी २३ करोड ४३ करोड खराब कर्जा असुली पश्चात कम्पनी बल्ल साढे २ करोड नाफामा पुगेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।