२ वर्ष पहिले भन्सार तिरेर विदेशबाट सुन ल्याउने व्यवस्था हटाइएको थियो । अर्थमन्त्रीका अनुसार ५० ग्रामसम्म सुन ल्याउँदा र सोभन्दा माथि एक सय ग्रामसम्म सुन ल्याउँदा फरक भन्सार दर लाग्ने उनको भनाई थियो ।
'अहिले सुन तस्करीको विषय अधिक चर्चामा रहँदै गर्दा तपाईको योजनाले सय ग्रामभन्दा बढी सुन ल्याए भने चाँही कति भन्सार लिने ? वा त्यस्तो सुन जफत गर्ने ?' भन्ने सञ्चारकर्मीको प्रश्नमा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
'स्वदेश फर्किँदा हाम्रा दाजुभाई दिदी बहिनीले परिमाणको व्यवस्था थाहा नपाएर सुन ल्याएको अवस्थामा समस्या नहोस् भन्नलाई यस्तो व्यवस्था गरिएको हो ।' अर्थमन्त्री खतिवडाले भने ।
आर्थिक विधेयकमा भने १०० ग्रामभन्दा बढी सुन भित्र्याएको खण्डमा सबै सुन जफत गर्ने व्यवस्था छ ।