शेयर कारोबारमा पूँजीगत लाभकर नलगाए पनि हुन्छ : डा. भट्टराई

Jun 01, 2018 Merolagani

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजारमा पूँजीगत लाभकर बढाएको भन्दै सरकारको आलोचना गरेका छन् । स्टक एक्सचेञ्ज राम्रोसँग विस्तार हुन नसकेको अवस्थामा साना बचतकर्तालाई पनि पूँजी बजारमा आउन अभिप्रेरित गर्नुपर्नेमा पूँजीगत लाभकर बढाएर सरकारले लगानीकर्तालाई हतोत्साहित गर्न खोजेको उनको ठहर छ ।

शुक्रबार संसदमा जारी बजेट छलफलमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले साना बचतकर्तालाई पूँजी बजारमा आउन र लगानी गर्न कुनै बन्देज  लगाउन नहुने धारणा राखे । 

डा. भट्टराईले भने, 'तर यहाँ पूँजीगत लाभकर बढाएर ५ प्रतिशतबाट ७.५ प्रतिशत पुर्याइएको छ । अर्कोतर्फ उल्टो ब्रोकर कमिसनमा भ्याट हटाइएको छ । यो के गर्न खोजेको हो ? पूँजीगत लाभकर नलगाए पनि हुन्छ भन्ने मेरो भनाई हो ।'

साथै उनले बजेटले निजी क्षेत्रलाई लगानी गर्न र नाफा कमाउनबाट कुण्ठित गरेको आरोप समेत लगाए ।

नाफा कमाऊ कर तिर भन्ने नारा भए मात्र पुग्छ, कुनै पनि नाफामा अनावश्यक बन्देज लाउनुपर्ने आवश्यकता छैन । शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजीकरणमा लाने प्रतिगामी बाटो बजेटले लिएको छ । समाजवाद उन्मुख बजेट भनिएपनि न हाँसको न कौवाको चाल भएको उनको टिप्पणी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।