सरोकारवाला भन्छन् :- यसो गर्यो भने सुध्रन्छ सेयर बजार

Jun 12, 2018 Merolagani

विगत लामो समयदेखि सेयर बजारमा देखिएको परिदृष्यले सेयर बजारका लगानीकर्ता बजारप्रति पूर्ण विश्वस्त हुन सकेका छैनन् । पूँजी बजारको विकास तथा विस्तारका लागि आगामी बर्षको नीति तथा कार्यक्रम तय गर्न लागेको धितोपत्र बोर्डलाई सरोकारवालाहरुले यस्ता सुझाव दिएका छन् ।

दीपकराज काफ्ले : पूर्व अध्यक्ष, धितोपत्र बोर्ड
धितोपत्र बोर्डका पूर्व अध्यक्ष समेत रहेका दीपकराज काफ्लेले धितोपत्र बजार प्रशिक्षण प्रतिष्ठानको स्थापनलाई तिव्र रुपमा अघि बढाउनुपर्ने आवश्यकता देख्छन् । उनले नीतिगत तथा कानूनी व्यवस्था गर्दा सर्वसाधारण तथा सरोकारवालाहरुको धारणा, सल्लाह तथा सुझावलाई मध्यनजर गर्न उपयुक्त नीति तथा प्रक्रिया अवलम्बन गर्नुपर्ने तथा आवश्यक परेको खण्डमा बोर्डमा बाह्य विज्ञको समेत व्यवस्था गर्नुपर्ने काम गरेर अगाडि बढ्नुपर्ने बताउँछन् ।

बाबुराम श्रेष्ठ : पूर्व अध्यक्ष, धितोपत्र बोर्ड
बोर्डको अर्का पूर्व अध्यक्ष बाबुराम श्रेष्ठले कर सम्बन्धी विवादको शिघ्र समाधान गरेर बजार विकासका लागि बजार निर्मातालाई भित्र्याउनुपर्ने, संघीयताको स्वरुप अनुसार पूँजी बजारलाई परिवर्तन गर्नुपर्ने बताउँछन् ।

प्रियराज रेग्मी :अध्यक्ष, स्टक ब्रोकर
स्टक ब्रोकरका अध्यक्ष प्रियराज रेग्मीले बजार विकासका लागि दोस्रो बजारको कारोबारमा निहित जोखिम व्यवस्थापनका लागि आवश्यक संयन्त्रको विकास गर्नुपर्ने बताए ।

रेग्मीले अल्पकालीन औजारहरुको व्यवस्थाका साथै धितोपत्र दलाल व्यवसायीको संस्थागत विकासतर्फ समेत ध्यान दिनुपर्ने र अनलाइन कारोबार प्रणाली लागू गर्नका लागि सम्बन्धित ऐन तथा नियमावलीमा पनि आवश्यक व्यवस्था गर्नुपर्ने बताए ।

मुकुन्दनाथ ढुङ्गेल :पूर्व महाप्रबन्धक, नेप्से
यता नेप्सेका पूर्व महाप्रबन्धक मुकुन्दनाथ ढुङ्गेलले अध्ययन अनुसन्धानमा आधारित भई पूँजीबजारको विकास गर्नेतर्फ विशेष जोड दिन आवश्यक भएको बताउँछन् ।

निरञ्जन फुयाँल :वरिष्ठ अधिकृत, नेप्से
नेप्सेकै वरिष्ठ अधिकृत निरञ्जन फुयाँल आगामी दिनमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम सरकारी निकायका कर्मचारीहरुका समेत दिन आवश्यक रहेको देख्छन् ।

नेप्सेका सिस्टम अडिटका लागि आवश्यक मापदण्डहरु विकास गर्न सकेको खण्डमा उक्त कार्य अझ प्रभावकारी हुने उनी बताउँछन् ।

देव प्रकाश गुप्ता :प्रमुख कार्यकारी अधिकृत, सिडिएससी
पछिल्लो समय सेयर बजार सुधारमा नै केन्द्रीत आफुहरु लागिरहेको बताउँदै सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले डिपोजिटरी ऐन तथा ट्रष्ट ऐनको व्यवस्था यथाशिघ्र गर्नुपर्ने आवश्यक औंल्याए ।

ध्रुव प्रसाद तिमिल्सना : अध्यक्ष, मर्चेन्ट बैंकर्स एशोसियसन
मर्चेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष ध्रुव प्रसाद तिमिल्सनाले पूँजीबजारमा वास्तविक क्षेत्रको प्रवेशका क्रममा धितोपत्रको निष्काशन मूल्य तथा अन्डराइटिङ्ग प्रक्रियामा संवेदनशील हुनुपर्ने बताउँछन् ।

तिमल्सिना भेञ्चर क्यापिटल तथा प्राइभेट इक्विटीको नीतिगत व्यवस्थासँगै संस्थागत व्यवस्थातर्फ पनि ध्यान दिनुपर्ने र दोस्रो बजारमा बढेको धितोपत्रको आपूर्तिलाई सन्तुलनमा ल्याउन मार्केट मेकर तथा डिलरको व्यवस्था गरेमा बजारले गति लिनसक्ने बताउँछन् ।

उत्तम अर्याल :अध्यक्ष, शेयर लगानीकर्ता संघ
शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले प्राथमिक बजारको नियमन, सुधार तथा विकासका लागि बोर्डले गरेका कार्यहरु उत्कृष्ट रहेको बताउँदै दोस्रो बजारको सुधार तथा विकासका लागि थप पहल गर्नुपर्ने बताउँछन् ।

छोटेलाल रौनियार :उपाध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम
नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले अनलाइन कारोबार प्रणालीको शिघ्र कार्यान्वयन गर्नुपर्ने, बैंकलाई ब्रोकरको अनुमति, एनआरएन तथा बजार निर्माता प्रवेशलाई सहजीकरण जस्ता विषयलार्इ छिटाे टुङ्ग्याउनुपर्ने बताउँछन् । 

राैनियारले मार्जिन ऋणको वर्तमान व्यवस्था तथा  बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत रहेकोमा यसप्रति पुनरावलोकन गर्न आवश्यक पहल गर्नुपर्ने बताउँदै नेप्सेको निजीकरण तथा पुर्नसंरचनालाई टुङ्गोमा पु¥याउनुपर्ने बताए ।

नवराज सुवेदी :नेपाल अध्यक्ष,पूँजी बजार लगानीकर्ता संघ
नेपाल पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदीले ब्रोकर कमिशन छिमेकी बजार लगायत विश्वका अन्य धितोपत्र बजारको तुलनामा निकै बढी भएकोले ब्रोकर कमिशनलाई पुनरावलोकन गर्नुपर्ने तथा सूचना सम्प्रेषणमा आवश्यक सुधार ल्याउनुपर्ने बताउँछन् ।

सन्तोष मैनाली, धितोपत्र दलाल व्यवसायी
धितोपत्र दलाल व्यवसायी सन्तोष मैनालीले अहिले प्रभावकारी मुद्रा बजारको अभावका कारण वित्तीय सम्पतिको वास्तविक मूल्य गणना गर्न नसकिएको तथा ऋणपत्र बजार विकासका लागि ढिलाई भइसकेको बताउँछन् ।

वस्तु विनिमय बजारको माध्यमबाट स्थानीय वस्तुलाई प्रवद्र्धन गर्न सकेमा बजार थप विस्तारित हुने उनको धारणा छ ।

पछिल्लो समय सेयर बजार सुधारका लागि धितोपत्र बोर्ड अलि सक्रिय भएर लाग्न थालेको छ । लगानीकर्ताको बजार विस्तार र सुधारका लागि दबाब सिर्जना पनि त्यसै अनुरुप नै एकढिक्का भएर गरेका छन् । लगानीकर्ताको एकतापछि सेयर बजारका लगानीकर्तामा आगामी दिनमा बजार थप सुधार दबाब समेत सिर्जना भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।