विहिबार दुई कम्पनीबीच शेयर निष्कासन सम्बन्धि सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा सन नेपाल लाइफका प्रमुख कार्यकारी राज कुमार अर्याल र नेपाल एसबिआई मर्चेन्ट बैकिङ्का प्रमुख कार्यकारी रमेश घिमिरे हस्ताक्षर गरे ।
कम्पनीको गत फागुनमा सम्पन्न प्रथम वार्षिक साधारणसभाले ३० प्रतिशत साधारण सेयर (आईपिओ) जारी गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ निष्कासन गर्ने भएको हो ।
सबै प्रक्रिया पुरा गर्दा कम्पनीको आइपिओ आगामी असोजसम्म निष्कासन हुने एसबिआई मर्चेन्ट बैकिङ्का प्रमुख कार्यकारी रमेश घिमिरेले बताए ।
आइपिओ पछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ कायम हुनेछ भने संस्थापकको शेयर स्वामित्व ७० प्रतिशत तथा सर्वसाधारणको ३० प्रतिशत कायम हुनेछ ।
कम्पनीले २०७४ असोज ६ गतेदेखि कारोबार शुरु गरेको थियो । हालसम्म कम्पनीले ७ हजार बढी बीमा लेखा जारी गरेको प्रमुख कार्यकारी राज कुमार अर्यालले जानकारी दिए । २० वटा शाखा र ३५ वटा उप शाखा मार्फत वीमा सेवा प्रदान गर्दे आएको कम्पनीले आगामी असोजसम्म ८६ उपशाखा संचालनमा ल्याउने लक्ष्य लिएको छ ।
कम्पनीले तेस्रो त्रैमासमा ११ करोड ६४ लाख नाफा कमाएको छ ।