अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार बेपत्ता

Jun 16, 2018 RSS

संखुवासभा। अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदार बेपत्ता भएका छन् । 

  नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्को झरेको थियो । ढिस्कोेले पुरिएर दुई जना नेपाली र दुई जना भारतीय कामदार बेपत्ता भएको र उनीहरुको खोजी कार्य तथा उद्धार गर्ने प्रयास तीव्ररुपमा भइरहेको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले बताउनुभयो । 

ढिस्कोले पुरिएर कालीकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार तथा भारत झारखण्डका बुधन मुण्डा र भारत विहारका नन्द किशोर बेपत्ता भएका हुन् । शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किशोर विद्युत् मिस्त्री थिए । 

घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । झरी परिरहेकाले उद्धारमा कढिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक सारुमगरले बताउनुभयो । ढिस्को हटाउन स्काभेटर र डोजर घटनास्थलमा लगिसकिएको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।