सूर्या लाइफको हकप्रद भर्ने आज अन्तिम, नेपाल इन्स्योरेन्सको लिलामी खुल्यो

Jun 17, 2018 Merolagani

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बिक्रीमा ल्याएको करिब २९ लाख कित्ता हकप्रद शेयरका लागि आवेदन गर्ने आज अन्तिम दिन परेको छ । त्यस्तै नेपाल इन्स्योरेन्सले लिलामीमा राखेको एक लाख ६१ हजार कित्ता शेयरको आवेदन पनि आजै बाट खुलेको छ ।

सूर्या लाइफले १०ः४ अनुपातमा एक सय रुपैयाँ अंकित मूल्यका २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरका लागि असार ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । शेयरधनीले विक्री प्रबन्धकका साथमा सूर्या लाइफको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब एक करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल इन्स्योरेन्सको लिलामी खुल्यो

नेपाल इन्स्योरेन्सले लिलामीमा राखेको १ लाख ६१ हजार १२४ कित्ता शेयरमा असार ३ गतेदेखि आवेदन खुलेको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको संस्थापक र सर्वसाधारण समूहको शेयर लिलामीमा ल्याएको हो।

कम्पनीले संस्थापकतर्फ २ हजार १७७ र सर्वसाधारण समूहको १ लाख ५८ हजार ९४६ कित्ता हकप्रद लिलामीमा राखेको छ । कम्पनीको बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडलका अनुसार लिलामी शेयरमा असार ३ देखि १० गते सम्म शिलवन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

लगानीकर्ताले क्यापिटलका राजधानीका लाजिम्पाट, लालदरबार, लगनखेल शाखाहरु, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर बीरगञ्ज र गोल्छाचोक विराटनगर तथा नेपाल इन्भेष्टमेन्ट बैंकका सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लीलाम बढाबढमा सहभागी हुन चाहनेहरुले साधारणतर्फको शेयरका लागि कम्तिमा १ सय कित्ता र संस्थापकतर्फ कम्तिमा १ हजार कित्ताको आवेदन दिनुपर्ने छ ।

कम्पनीले गत बैशाख ५ देखि जेठ ८ गतेसम्म हकप्रद निष्कासन गरेको थियो ।


ग्रीन डेभलपमेण्ट बैंकको संस्थापक सेयर लिलामीमा

यस्तै ग्रीन डेभलपमेण्ट बैंकले पुन लिलामीमा राखेको ३ लाख ३७ हजार ५०० कित्ता संस्थापक सेयरको पनि आवेदन खुलेको छ ।

बैंकले चार सय प्रतिशत हकप्रदमा विक्री नभएको सेयर यसअघि लिलामीमा ल्याएपनि संस्थापकले सबै नकिनेपछि सर्वसाधारणले खरिद गर्न पाउनेगरि लिलामी गर्न लागेको हो ।

लिलामी सेयरमा इच्छुक व्यक्ती तथा संघ संस्थाहरुले बैंकको सेयर बिक्री प्रकन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँबानेश्वर तथा ग्रीन डेभलपमेण्ट बैंकको हरिशंकररोड, बाग्लुङ्ग कार्यालयबाट असार १० गतेसम्म शिलबन्दी बोलपत्रपेश गर्न सक्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।