अरुण तेश्रोको सुरुङमा पुरिएकाकाे ३९ घण्टापछि जीवितै उद्धार

Jun 17, 2018 Merolagani

संखुवासभाको अरुण तेश्रोको सुरुङमा शुक्रबार साँझ पुरिएका चारै जनाको जीवितै उद्धार गरिएको छ । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीद्धारा ३९ घण्टापछि जिवितै उद्धार गरिएको हो ।

सुरुङ भित्र कालीकोट जिल्ला सिउना गाउँपालिका ४ का ३२ बर्षिय प्रदिप शाही, जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका १ का ४४ बर्षिय प्रेम परियार, भारतको झारखण्डका सुधन मुण्डा र भारतकै बिहार प्रान्तकै नन्द किशोर सुरुङमा पुरिएका थिए ।

जिल्लाको मकालु गाउँपालिका फ्याक्सिन्दामा निर्माणधिन राष्ट्रिय गौरबको आयोजना अरुण तेश्रोको ड्याम साईड निर्माण स्थलको सुरुङको प्रवेशद्वारलाई पुर्ने गरि माथिबाट निरन्तरको पहिरो खसेको थियो ।

घटनाको उद्धार गर्न शुक्रबार साँझ नै सुरक्षाकर्मी खटाईएपनि छिन–छिनमा पहिरो झरेकाले उद्धारमा समस्या भएको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।