निक्षेप पछि बैंकहरुमा सुरु हुँदै कर्जाको ब्याजदर बढाउने रेश, नबिलले गर्यो सुरुवात

Jun 18, 2018 Merolagani

अघिल्लो साताबाट निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएका बैंकहरुले कर्जाको ब्याजदर समेत बढाउन थालेका छन् । निक्षेपको ब्याजदर बढाउने सुरुवात एनआईशी एशियाबाट भएपनि कर्जाको ब्याजदर बढाउने थालनी भने नबिल बैंकबाट भएको छ ।

निक्षेपको ब्याजदर बढाउने रेशमा केही बैंकहरुकले मुद्धती निक्षेपको ब्याजदर साढे १२ देखि १३ प्रतिशतसम्म पुर्याएका छन् । अधिकांस बैंकहरुले मुद्धती निक्षेपमा १२ प्रतिशत भन्दा धेरै ब्याज दिने विभिन्न प्रकारका निक्षेप योजनाहरु सार्वजनिक गरेका छन् ।

नबिल बैंकले आगामी बुधबारदेखि कर्जामा नयाँ ब्याजदर लागु गर्ने भएको छ । साथै बैंकले उक्त बैंकबाट ऋणकर्जा प्राप्तगरी उपभोग गरिरहेका ग्राहकहरुलाई सूचना जारी गर्दे सम मासिक किस्ता (EMI)  परिवर्तन भएको जानकारी गराएको छ ।

बैंकले विभिन्न शिर्षकमा ऋणकर्जा सुविधा प्राप्तगरी उपभोग गरिरहेका ग्राहकहरुले बैंकलाई तिर्न र बुझाउनु पर्ने सम मासिक किस्ता परिवर्तन भएको र हुनजाने भएकाले सो सम्बन्धमा आफुले ऋणकर्जा लिएको शाखामा सम्पर्क गरी सोही अनुसार बुझाउन भनेको छ ।

नबिल बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम ब्याजदर निर्धारण गर्दा आधार ब्याजदरमा आधारित भई गर्नुपर्ने व्यवस्था बमोजिम ब्याजदर निर्धारण गरिएको जनाएको छ । बैंकका अनुसार उसको आधार ब्याजदर ७.३३ प्रतिशत रहेको छ ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गतबर्षको तुलनामा बैंकको निक्षेप संकलन र कर्जा परिचालन खस्केको छ । तरलता संकटकले बैंकको निक्षेप लागत दोब्बर बढेको छ । गत बर्ष २.२८ प्रतिशत रहेको लागत बढेर ४.६३ प्रतिशत पुगेको छ ।

चालु बर्षको तेस्रो त्रैमाससम्म बैंकले दुई अर्ब ७९ करोड नाफा कमाएको थियो । चैत्रसम्म बैंकले एक खर्ब २३ अर्ब निक्षेप संकलन गरि एक खर्ब ५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।