अर्थमन्त्रालयका सह सचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा गठित अध्ययन समितिले बुझाएको प्रतिवेदनमा कुनै लगानीकर्ताले बोनस वा हकप्रद सेयर प्राप्त गर्दा वेटेज एभरेज भन्दा बढि मूल्यमा शेयर बिक्री गरेमा मात्र पूँजीगत लाभकर लागू गर्न अर्थमन्त्रालयलाई सुझाएको छ ।
त्यसैगरी समितिले अल्पकालिन र दिर्घकालिन लगानीको आधारमा दुई प्रकारको लाभकर लगाउन पनि सुझाएको छ । समितिले भारतमा जस्तै अल्पकालिन र दिर्घकालिन लगानीको आधारमा लाभकर लगाउने व्यवस्था गर्न सुझाएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मेरो लगानीलाई जानकारी दिए ।
यसैगरी समितिले शेयर कारोबारमा कारोबार कर लगाउने विकल्प सहितको सुझाब पनि दिएको छ ।
आन्तरिक राजस्व विभागले हकप्रद र बोनस सेयरको औषत आधार मूल्य गणना गर्ने व्यवस्था परिमार्जन गर्दै अंकित चुक्ता मूल्यको आधारमानै लाभकर गणना गर्न निर्देशन दिएपछि यो बिषय विवादित बनेको थियो । विभागको निर्देशन विरुद्ध लगानीकर्ता शेयर कारोकार नै ठप्प पारेर आन्दोलीत भएपछि सरकारले अध्ययन समिति गठन गरेको थियो ।
अर्थ मन्त्रालयको नीति ब्यवस्थापन महाशाखाका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति गठित समितिमा नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी लगायतका प्रतिनिधि रहेका थिए ।