तीन कम्पनीको एकैदिन सेयरमूल्य समायोजन

Jun 18, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सोमबार सांग्रीला डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र मञ्जुश्री फाइनान्सको सेयरमूल्य समायोजन भएको छ ।

 

बोनस वितरण गर्न तीनवटै कम्पनीले सोमबारदेखि सेयरधनी किताब बन्द गरेका हुन् । यसअनुसार तीनवटै कम्पनीका आइतबारसम्म कायम सेयरधनीले सो कम्पनीले प्रस्ताव गरेको बोनस तथा लाभांश पाउनेछन् ।

बाेनस पश्चात कसकाे कति पुग्छ पूँजी ?

दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सांग्रिला डेभलपमेन्ट बैंकको बोनसपश्चात दुई अर्ब ५० करोड ६३ लाख रुपैयाँ हुनेछ ।

६३ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको २६.५७ प्रतिशत बोनस पश्चात ८० करोड एक लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

त्यसैगरि मञ्जुश्री फाइनान्सको हाल चुक्ता पूँजी ७६ करोड ५ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि फाइनान्सको चुक्ता पूँजी ८० करोड ४ लाख पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।