चिनियाँ लगानीकर्तासँग ‘ज्वाइन्ट भेन्चर’ निजी क्षेत्रको चाहना

Jun 18, 2018 RSS

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण महत्वपूर्ण अवसर भएकाले त्यसलाई उपलब्धिमूलक बनाउनुपर्नेमा निजी क्षेत्रले विशेष जोड दिएको छ । नेपाल–चीन बीचको व्यापार सन्तुलन मिलाउन सरकारले महत्वपूर्ण योजना बनाएर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने विश्वास निजी क्षेत्रले लिएकाे छ ।

चालु आर्थिक वर्ष २०७४/७५ को १० महिनामा एक खर्ब २७ अर्ब ५९ करोड रूपैयाँको चीनबाट वस्तु आयात भएको छ भने निर्यात दुई अर्ब ६७ करोड रूपैयाँको मात्र भएको छ । गत वर्ष एक खर्ब ६ खर्ब ५२ करोडको आयात हुँदा निर्यात एक अर्ब ५३ करोड रूपैयाँको भएको थियो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका अवसरमा व्यापारिक प्रतिनिधि मण्डलको नेतृत्वमा रहेका नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको निर्यातलाई प्रवद्र्धन गर्ने विषयमा सरकारले जोड दिनुपर्ने बताए । उनले आफूहरुले चिनियाँ कम्पनीसँग ज्वाइन्ट भेन्चर कम्पनी चलाउन चाहेको बताए । 

पछिल्लो समय नेपालबाट निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैंँचा, तयारी पोशाक, फेल्टका सामान, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेष्ट, अलैँंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडीबुटी आदि प्रमुख रहेका छन् ।

चालु आवको दश महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो आवको सोही अवधिको तुलनामा २०।८ प्रतिशतले वृद्धि भई रु १० खर्ब ४९ अर्ब ८८ करोड पुगेको छ । कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ६.३ प्रतिशत र ९३.७ प्रतिशत छ ।

हालका केही वर्षमा धागो, छुर्पी, मासु तथा फेल्टका सामान उल्लेख्य रुपमा निकासी भइरहेको देखिन्छ । सामान युरोपियन युनियन तथा अमेरीकातर्फ निकासी भइरहेको छ भने धागो टर्कीतर्फ, छुर्पी अमेरीका र मासु भियतनामतर्फ उल्लेख्य रुपमा निकासी भइरहेको तथ्याङ्कमा देखिन्छ ।

यस पटकको भ्रमण दलमा उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल चीन चेम्बर अफ कमर्स, बुटवल पावर कम्पनीलगायतका ५० भन्दा बढी उद्योगी व्यवसायी तथा बैंकरको सहभागिता हुनेछ । भ्रमणका क्रममा दुई देशका सरकारी र निजी क्षेत्रबीच रु दुई खर्ब बढीको लगानी सम्झौता हुनेछ ।

जलविद्युत्मा चिनियाँ लगानीकर्तासँग साझेदारी

बुटवल पावर कम्पनीसँगको साझेदारीमा चिनियाँ लगानीकर्ताले करिब एक हजार मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

कूल ६०० मेगावाट माथिल्लो मस्र्याङ्दी आयोजना निर्माण गर्न बुटवल पावरको संयोजनमा चिनियाँ कम्पनी एससीआइसी इन्टरनेशनल लिमिटेड, जिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइईसीको शेयर लगानी रहने गरी आयोजना निर्माण गर्ने तयारी गरिएको छ ।

जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी हिमताल हाइड्रोपावर कम्पनी प्रालिले सबै शेयर बुटवल पावर र चिनियाँ साझेदारलाई बिक्री गरेको छ । लमजुङ र मनाङमा पर्ने माथिल्लो मस्र्याङदी तथा २८२ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी चिनियाँ लगानीमा नै निर्माण गर्ने गरी तयारी गरिएको छ ।

बुटबल पावर कम्पनी र चिनियाँ कम्पनीको बहुमत स्वामित्व रहने गरी एसीआइजी इन्टरनेशनल नेपाल नामक संयुक्त कम्पनी स्थापना भइसकेको छ ।

सुपर साञ्जेन, त्रिशूली गल्छीमा पनि चिनियाँ लगानी

रसुवामा आयोजनास्थल रहेको सुपर साञ्जेन जलविद्युत् आयोजनामा ४ अर्ब रूपैयाँ लगानी चिनियाँ कम्पनीले भित्र्याउने भएको छ । उद्योग विभागको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डले रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा निर्माण हुने सो जलविद्युत् आयोजनामा लगानी भित्र्याउन स्वीकृती दिएको हो ।

कूल ७८ मेगावाट क्षमताको सो आयोजना सालासुङ्गी पावरले निर्माण गर्न लागेको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाभन्दा करिब ५०० मिटरमाथि विद्युत्गृह निर्माण गर्ने गरी सालासुङ्गी पावरले विगत तीन वर्ष पहिले अनुमति लिएको थियो ।

सो आयोजनामा नेपाली लगानीकर्ताको आठ प्रतिशत र चिनियाँ लगानीकर्ता चाइना हार्वर इन्जिनियरिङको ९२ प्रतिशत लगानी रहने छ । कूल १५ अर्ब २२ करोड ७० लाख रूपैयाँ लगानी रहने सो आयोजनाको प्रवद्र्धक सालासुङ्गी पावरले अध्ययनको सबै काम सम्पन्न गरेको छ ।

यस्तै चिनियाँ कम्पनी छोछुङ वाटर टर्बाइन वक्र्स समूहले पिपल्स इनर्जी लिमिटेडमा  नौ अर्ब रूपैयाँ लगानी भित्र्याएको छ । आयोजनाले दिएको जानकारी अनुसार दोलखा र रामेछापको सीमानामा निर्माणाधीन खिम्ती दोस्रो ४८.८ मेगावाट क्षमताको सो परियोजनाको निर्माण शुरु भइसकेको छ ।

यस्तै निजी क्षेत्रको अर्को आयोजना त्रिशूली गल्छी जलविद्युत् आयोजनामा समेत चिनियाँ लगानी भित्रने भएको छ । चिनियाँ कम्पनी डोङफ्याङ इन्टरनेशनल कर्पोरेशनले पाएको छ । डोङफ्याङ टर्वाइन तथा जेनेरेटर उत्पादक कम्पनी हो । यो आयोजना इन्जिनियरिङ, खरिद निर्माण र वित्तीय व्यवस्थापन (इपिसिएफ) ढाँचामा निर्माण गर्ने सम्बन्धी सम्झौता भइसकेको छ । आयोजना निर्माण आगामी साउनदेखि शुरु गर्ने तयारी छ ।

नुवाकोट र धादिङको सीमामा निर्माण हुन लागेको सो आयोजनामा १० अर्ब २९ करोड रूपैयाँको  चिनियाँ कम्पनीले लगानी गर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।