तरलता बढेपछि राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीबाट दश अर्ब खिच्ने

Jun 18, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ उठाउने भएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) धेरै भएर अन्तर बैंक ब्याजदर तीन प्रतिशत तल झरेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट उक्त रकम खिच्ने भएको हो ।

केन्द्रीय बैंकले ब्याजादर करिडोर नीति अन्तर्गत दुइ साताका लागि निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा प्रशोचन गर्न लागेको हो । बैंकिङ प्रणालीमा करिब ४० अर्ब रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । सरकारी खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेको केन्द्रीय बैंकको भनाई छ । चालु आर्थिक बर्षको अन्तिम महिना चलिरहेकाले तरलता प्रवाह बढेको हो ।

राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत तल झरेपछि वित्तीय प्रणालीबाट रकम उठाउने र ५ प्रतिशत नाघेपछि बजारमा पैसा पठाउने गर्छ । ब्याजदर करिडोर नीतिअनुसार राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अधिक भए विभिन्न वित्तीय उपकरणमार्फत प्रशोचन र कम भएमा रिपोमार्फत बजारमा पठाउने गरेको छ ।

राष्ट्र बैंकले मंगलबार बजारबाट उठाउने दश अर्ब रुपैयाँ असार १९ गते परिपक्व हुनेछ ।

तर बैंकहरुले भने रकम अभाव भएको भन्दै उच्च ब्याजदर कबुलेर निक्षेप संकलन गर्ने प्रतिस्पर्धामा लागेका छन् । बैंकहरुले आफुसँग भएको निक्षेप बाहिरिन नदिन धमाधम मुद्धती बचतको ब्याजदर समेत बढाउन थालेका छन् । केही बैंकहरुले यस्तो ब्याजदर साढे १२ प्रतिशत पुर्याएका छन भने अधिकांस बैंकले १२ प्रतिशत भन्दा बढी ब्याजदरमा निक्षेप उठाईरहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।