प्रमोटरले नकिनेको नेको इन्स्योरेन्सको संस्थापक सेयर सर्वसाधारणले किन्लान् ?

Jun 19, 2018 Merolagani

नेको इन्स्योरेन्स (NIL) को दुई लाख कित्ता संस्थापक सेयर मंगलबारदेखि लिलामीमा आएको छ । कोष व्यवस्थापन कम्पनीले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर लिलाम बढाबढमा ७ दिनको सूचना निकालेर विक्री गर्न लागेको हो ।

कम्पनीले यसअघि जेठ १३ गतेदेखि असार ३ गतेसम्म विद्यमान संस्थापक सेयरधनीलाई आवेदन खुला गरेपनि एउटा पनि आवेदन परेको थिएन । विद्यमान संस्थापकले रुचि नदेखाएपछि कम्पनीले सर्वसाधारण सेयरधनीले आवेदन गर्न पाउनेगरि असार ५ देखि १३ गतेसम्म लिलामी गर्न लागिएको हो ।

विद्यमान संस्थापकबाट २१ दिनमा एक कित्ताका लागि पनि आवेदन नपरेको सेयरलाई प्रतिकित्ता न्यूनतम २४२ रुपैयाँ हालेर सर्वसाधारण सेयरधनीले कति किन्लान् त ? त्यो भने एक सातापछि कम्पनीको सेयरमा पर्ने आवेदनबाट नै स्पष्ट हुनेछ । साधारण सेयर जस्तो सजिलै दोस्रो बजारबाट विक्री गर्न नमिल्ने भएकाले संस्थापक सेयरमा आम लगानीकर्ता आकर्षण ज्यादै न्यून देखिन्छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको सेयर लिलामी गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाले असार १३ गतेसम्म सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले आवेदन गर्दा न्यूनतम प्रतिकित्ता २४२ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा न्यूनतम ५ हजार कित्ता वा सो भन्दा बढी लिलामीमा आएको सम्पूर्ण कित्ताको लागि शिलबन्दी बोलपत्र गर्न सक्ने कम्पनीले जनाएको छ ।

चालू आवको तेश्रो त्रैमासमा कम्पनीले २१ करोड ०३ लाख रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३५ रूपैयाँ ७७ पैसा कायम गरेको छ । सोमबार नेको इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ५८४ रूपैयाँ रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।