राधी विद्युत कम्पनीको सेयरमूल्य समायोजन

Jun 19, 2018 Merolagani

राधी विद्युत कम्पनी (RADHI) को नेपाल स्टक एक्सचेञ्जमा मंगलबार सेयरमूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन भएको हो । नेप्सेले कम्पनीको प्रतिकित्ता २६१ रुपैयाँ ८२ पैसा मूल्य निर्धारण गरेको छ ।

यसै मूल्यलाई आधार मानेर मंगलबार कारोबार सुरु हुनेछ । कम्पनीको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधारमूल्य १८० रुपैयाँ ९१ पैसा कायम भएको छ । 

कम्पनीले गत बर्षको १० प्रतिशत बोनस सेयर वितरण गर्न मंगलबार बुकक्लोज गरेको हो । यसअनुसार सोमबारसम्म कायम सेयरधनीले मात्र बोनस सेयर प्राप्त गर्नेछन् ।

कम्पनीको असार २४ गते साधारण सभा आवान गरेको छ । साधारण सभाबाट अनुमोदन भएपछि मात्र बोनस सेयरधनीलाई वितरण हुनेछ ।

कम्पनीको चुक्ता पूँजी ४१ करोड रुपैयाँ रहेको छ बोनसपश्चात ४५ करोड १० लाख रुपैयाँ पूँजी पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।