एफपिओ र दोस्रो बजारमा सेयरमूल्य उस्तै भएपछि अलमलमा लगानीकर्ता

Jun 19, 2018 Merolagani

अहिले सर्वसाधारणमा थप नयाँ सेयर निष्काशन गरिरहेको एनएमबि बैंक तथा निष्काशनको अन्तिम तयारीमा रहेको नेपाल बैंकको सेयर मूल्य दोस्रो बजारमा एफपिओ नजिक पुग्न लागेका छन् । लामो समयदेखि सेयर बजार ओरालो बाटोमा लागिरहेका बेला उल्लेखित २ बैंकको सेयर मूल्य एफपिओ मूल्यको नजिक पुगेका हुन् । जसले लगानीकर्ता अलमलमा परेका छन् ।

दोस्रो बजार कमजोर हुँदा प्राथमिक बजार पनि प्रभावित हुने चर्चा चलिरहेका बेला उक्त भनाई चरितार्थ हुने संकेत देखिएको हो । सार्वजनिक कार्यक्रम तथा फोरमहरुमा दोस्रो बजारको अवस्था लगानीकर्ता अनुकुल हुन नसकेको खण्डमा त्यसको असर प्राथमिक बजारमा पनि पर्ने चर्चा नियमति रुपमा हुँदै आएका छन् ।

कुनै समय थियो एफपिओको हल्लाका भरमा कम्पनीको सेयरमूल्यमा तिब्र उछाल आउथ्यो । अनि एफपिओ भरेर लगानीकर्ताले राम्रै कमाई गर्ने गरेका थिए । तर अहिले दोस्रो बजार निरन्तर घट्दै गर्दा लगानीकर्ताको सेयरबजारप्रतिको उत्साह पनि सुस्ताएको अवस्था छ ।

जसले गर्दा एफपिओबाट अल्पकालिन रुपमा कमाई हुने अपेक्षा आम लगानीकर्ताले गर्न सकेका छैनन् । अन्तत दोस्रो बजारमा पनि एफपिओ निष्काशन गर्ने कम्पनीको सेयर मूल्य सुस्ताई रहेको छ, भने अर्कातिर एफपिओ बिक्री गर्न नै कम्पनीहरुलाई हम्मेहम्मे पर्न थालेको छ ।

एनएमबि बैंकले ३३३ रुपैंया प्रतिकित्ताको दरमा गत जेठ ३० गतेदेखि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बिक्री गरिरहेको छ । यो सामग्री तयार गर्दासम्म उसको एफपिओ झण्डै ५० प्रतिशत सेयर मात्र बिक्री भएको छ । उता दोस्रो बजार बैंकको सेयर कारोबारमा खासै चाप देखिएको छैन । जसका कारण बैंकको सेयर मूल्य समेत ३५१ रुपैंयामा अडिएको छ । यो मूल्य एफपिओभन्दा १८ रुपैंया मात्र बढी हो ।

एक महिनाको एनएमबिको सेयरमूल्यको उतार चढाव हेर्दा निरन्तर तल झरिहरहेको देखिन्छ । यस क्रममा एक महिनाको अवधिमा बैंकको प्रतिकित्ता सेयरमूल्य ४७१ रुपैंयाबाट ३५१ रुपैंयामा झरेको देखिन्छ ।


त्यसै गरि नेपाल बैंकले केही दिनमा नै २८० रुपैंया प्रतिकित्ताको दरमा झण्डै ५ अर्ब रुपैंयाको एफपिओ निष्काशन गर्दैछ । एफपिओ मोह घटेका कारण अहिले एनएमबिले भोगिरहेको सेयर बिक्री नहुने समस्या नेपाल बैंकले पनि भोग्ने देखिन्छ । दोस्रो बजारमा बैंकको प्रतिकित्ता सेयर ३०० रुपैंयामा किनबेच भैरहेको छ । नेपाल बैंकको दोस्रो बजरको सेयर मूल्य एफपिओभन्दा २० रुपैंयाले बढी हो । सेयर निष्काशन सुरु भए पछि यो सेयरमूल्यमा कस्तो असर पर्ला भन्ने चासो आम लगानीकर्तामा छ ।


नेपाल बैंकको विगत १ महिनाको सेयर मूल्यको उतारचढाव हेर्दा निरन्तर घटिरहेको देखिन्छ । एक महिना पहिले ३५५ रुपैंयामा किनबेच भएको बैंकको सेयर मूल्य सोमबार २९८ रुपैंयामा ओर्लिएको थियो । बैंकले यसै साताको अन्तिम वा आगामी साताको सुरुमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्काशन गर्नेछ ।

उल्लेखित दुवै बैंकको एफपिओ सूचीकरण पश्चात दोस्रो बजारमा अधिक बिक्री चाप आउने डरले पनि प्राथमिक निष्काशनका साथै दोस्रो बजारमा कारोबार भईरहेका सेयरको मूल्य प्रभावित बनेको हो । यसरी दोस्रो बजार र प्राथमिक बजारको तालमेल नमिलेका कारण लगानीकर्ता सेयर आवेदन गर्न पनि पर्ख र हेरको अवस्थामा पुगेका छन् । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।