प्रोपर्टी एक्स्पो मंगलबार सकिँदै, ५० हजारले गरे अवलोकन

Jun 19, 2018 Merolagani

सातौं घरजग्गा मेला ‘प्रोपर्टी एक्स्पो २०१८’ चार दिन करिब ५० हजार जनाले अवलोकन गरेको आयोजकले जनाएका छन् । काठमाडौंको भृकुटीमण्डपमा असार १ गतेबाट सुरु भएको मेला ५० हजार बढीले अबलोकन गरेका मेलाका संयोजक विपिन चित्रकारले बताए । मेला आज मंगलबार सम्पन्न हुँदैछ ।

मेलामा सहभागिहरुले न्युनतम ब्याजदरमा कर्जाको सुविधा, ३७ लाख रुपैयाँमै अपार्टमेन्ट, ९५ लाखमा दूइ तले घर जस्ता आर्कषक योजनाहरु प्राप्त गर्न सकिने मेला आयोजकले बताएका छन् ।

नेपाल जग्गा तथा आवास विकास संघको आयोजना तथा एनआइसी एशिया बैंकको मुख्य प्रायोजनमा सञ्चालन भएको मेलामा विभिन्न क्षेत्रका करिब १२० स्टल रहेका छन् । मेलामा ८० भन्दा बढी स्वदेशी तथा विदेशी कम्पनीको सहभागिता छ । करिब दर्जन रियल इस्टेट डेभलपर तथा परामर्शदाता कम्पनीका साथै आधा दर्जन बैंक तथा वित्तीय संस्थाहरूको स्टल रहेका छन् ।

यस्तै, बीमा, निर्माण प्रविधि तथा सामग्रीहरू, सिमेन्ट, स्टील, इलेक्ट्रिकल, इन्जिनियरिङ, घर सजावट तथा फर्नि्सिङ, बाथ फिटिङ्स, पेन्ट्स इत्यादिसँग सम्बन्धित कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा यो पटकको मेलामा प्रदर्शनी तथा विक्रीका लागि राखेका छन् ।

घरजग्गा मेला आवास तथा घडेरी विकासकर्ताका लागि आफ्नो ग्राहकसमक्ष तथा बजारलाई सूचना प्रवाह गर्ने एउटा विशेष महोत्सवको रुपमा रहेको दाबी आयोजकको छ । अवलोकनकर्ताहरूलाई मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।