आइएमई लाईफले आईपिओ निष्काशनको प्रकृया अघि बढायो, बिक्री प्रबन्धक छनौट

Jun 19, 2018 Merolagani

आइएमई लाईफ इन्स्योरेन्सले आईपिओ निष्काशनको प्रकृया अघि बढाएको छ । कम्पनीले ६० करोड रुपैंयाको आइपिओ निष्काशन गर्नका लागि सेयर निष्काशनको जिम्मा सिभिल क्यापिटललाई दिएको छ । कम्पनीले सिभिल क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्दै सेयर निष्काशन निष्काशनको प्रकृया अघि बढाएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैंयाको दरमा ६० लाख कित्ता सेयर सार्वसाधारणमा जारी गर्ने तयारीका क्रममा बिक्री प्रबन्धक नियुक्त गरेको हो । उक्त शेयर निष्काशन तथा विक्री प्रवन्ध गर्ने सम्झौतामा आइएमई लाईफका निमित्त महाप्रबन्धक दिनेश अमात्य  र सिभिल क्यापिटलका निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरेका छन् ।

हाल आईएमई लाइफको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैंया रहेको छ । सर्वसाधारणमा ६० करोड रुपैंयाको सेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्व रुपैंया कायम हुनेछ । त्यसै गरी संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत कायम हुनेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।