गण्डकी विकास बैंकका अध्यक्ष गौचनद्वारा सपथ ग्रहण

Jun 19, 2018 Merolagani

गण्डकी विकास बैंक (GDBL) का नवनिर्वाचित अध्यक्ष सुशिल गौचनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठबाट सपथ ग्रहण गरेका छन् ।

बैंकको जेठ २५ गते सम्पन्न दशौ बार्षिक साभारण सभाले सुशिल गौचन, पद्म प्रसाद पौडेल, किशोर ओझा, नारायण बहादुर बानिया, कृष्ण बहादुर थापा र बासुदेव त्रिपाठी लाई संचालक पदमा निर्विरोध निर्वाचित गरेको थियो । 

त्यसपछि बसेको नवनिर्वाचित संचालकहरुको बैठकले सुशिल गौचन लाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।

साधारण सभापछि बैंकको चुक्ता पूँजी २ अर्ब ७५ करोड पुगेको छ । चुक्ता पूँजीको आधारमा गण्डकी विकास बैंक लिमिटेड नेपालको सबैभन्दा धेरैे चुक्ता पूँजी भएको विकास बैंक भएको छ ।

बैंकले नेपालको पूर्व देखि पश्चिम सम्म ६२ वटा शाखा संचालनमा ल्याएको छ भने थप १५ वटा शाखाहरु यसै आ.ब. भित्र संचालनमा ल्याउन तयारी गरेको छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।