नेपाल–तीब्बत व्यापार सहजीकरण बैठक सुरु, के के विषयमा हुँदैछ छलफल ?

Jul 05, 2018 Merolagani

नेपाल–चीनको तिब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु भएको छ । केरुङ र तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्ने मूल एजेन्डासहित ८ औं नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सूरु भएको हो ।  

बैठकले तातोपानी नाका आगामी कार्तिक भित्र खुलाई सक्ने गरी आवश्यक पूर्वाधार निर्माणको कामलाई अघि बढाउने लगायतका निर्णय लिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले जानकारी दिए । 

दुई दिनसम्म चल्ने बैठकमा नेपाल–चीनबीच हुने व्यापारलाई सहज बनाउने विषयमा पनि छलफल केन्द्रित हुनेछ ।

बैठकले केरुङ र तातोपानी नाकामा चीनको आर्थिक सहयोगमा निर्माण हुने पुल छिटो सम्पन्न गर्न आवश्यक कार्ययोजना पनि तय गर्नेछ । नेपाल र चीनबीचको व्यापार सहजीकरणका लागि सन् २००९ मा यो समिति गठन गरिएको हो ।

यस वर्षको बैठकमा समितिले नेपालको उद्यम विकासका लागि चीनको लगानी भित्रयाउने विषयमा पनि छलफल हुने सहसचिव सैंजुले बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।