पच्चिस बाणिज्य बैंकले पुर्याए राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी, कसको पुगेन ?

Jul 12, 2018 Merolagani

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २५ वाणिज्य बैंकहरुले ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन सफल भएका छन् । चालू आवको असार मसान्तसम्ममा बाँकी रहेका ३ वाणिज्य बैंकमध्ये २ वाणिज्य बैंक चुक्ता पूँजी पुर्याउने प्रकृयामा रहेको र एक बैंकको भने चुक्ता पूँजी नपुग्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले जनाएअनुसार नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को चुक्ता पूँजी नपुग्ने देखिएको हो भने बिओके र कुमारी बैंकले भने चालू आवको अन्त्यसम्म पुर्याउने अवस्थामा रहेका छन् ।

बैंक अफ काठमाण्डूको १३.२५ प्रतिशत बाेनसपश्चात हाल चुक्ता पूँजी ७ अर्ब ७ करोड रुपैयाँ रहेको छ । ८ अर्ब चुक्ता पूँजी पुर्याउन बैंकले ९३ करोड रुपैयाँ पूँजी बृद्धि गर्नुपर्ने देखिन्छ । यो रकम बैंकले यसअघि बिक्री गरेको संस्थापक सेयर लिलामीबाट प्राप्त प्रिमियम रकमबाट पुर्याउनसक्ने अवस्था रहेको छ । 

त्यसैगरि कुमारी बैंकले पनि हालकाे पूँजीबाट ८ अर्ब चुक्ता पूँजी पुर्याउन ८४ करोड रुपैयाँ पूँजी वृद्धि गर्नुपर्ने देखिन्छ । हाल ७ अर्ब १६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कुमारी बैंकले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरेर चुक्ता पूँजी पुर्याउन सक्ने अवस्था रहेपनि बैंकले हालसम्म बोनस घोषणा गरेको छैन । बैंकले बाेनस वितरण गरेर चुक्त्ता पूँजी कायम गर्ने याेजना राष्ट्र बैंकमा पेश गरिसकेकाे छ । 

यस्तै सबैभन्दा थोरै चुक्ता पूँजी रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । दुर्इ अर्ब ३४ कराेडकाे हकप्रद जारी गर्दा समेत बैंकको चुक्ता पूँजी ७ अर्ब दुर्इ करोड रुपैयाँ पुग्नेछ । त्यसपछि पनि बैंकले ९८ करोड रुपैयाँ थप पूँजी वृद्धि गर्नुपर्ने हुन्छ । 

अन्य २५ बाणिज्य बैंकहरूले भने चुक्त्ता पूँजी पुर्याएका छन् । जनता, सानिमा, सिभिल, स्टाण्डर्ड चार्टर्ड, सिद्दार्थ, एनअार्इसी एशिया, सिटिजन, प्रार्इम कर्सियल, नेपाल, नबिल, नेपाल एसबिअार्इ, माछापुच्छ्रे, सेञ्चुरी कर्सियल, नेपाल बंगालादेश, हिमालयन, एभरेष्ट, सनरार्इज, लक्ष्मी, प्रभु बैंकले राष्ट्र बैंकले ताेकेकाे पूँजी कायम गरिसकेका छन् ।  

त्यसैगरि कृषि विकास, राष्ट्रिय बाणिज्य, एनएमबि, ग्लाेबल अाइएमर्इ, मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकले राष्ट्र बैंकले ताेकेकाे पूँजीभन्दा बढी कायम गरेका छन् ।

 

 

राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा २८ वाणिज्य बैंकको कुल चुक्ता पूँजी २२७ अर्ब ८९ करोड रहेको छ । 

२०७२ असारमा वाणिज्य बैंकको संख्या ३० रहेकामा हाल २८ मा झरेको छ । राष्ट्र बैंकले वित्तीय क्षेत्रको सुदृढीकरणका लागि आर्थिक वर्ष २०७२/७३ देखि लिइएको मर्जरको नीति र चुक्ता पूँजी वृद्धि नीति लिएपछि १२१ संस्थाको इजाजत खारेज भएको छ ।

मर्जर तथा प्राप्ती प्रक्रियामा कुल १६२ वटा बैंक तथा वित्तीय संस्थाहरू सामेल भएका थिए । यसमध्ये १२१ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ४१ संस्था कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

२०७४ साउनदेखि २०७५ असार २५ गतेसम्ममा वाणिज्य बैंकहरूले रु. ११५० अर्ब ५० करोड अन्तर–बैंक कारोबार गरेका छन्। २०७५ वैशाख मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेको निक्षेप खाता संख्या २ करोड २५ लाख तथा कर्जा खाता संख्या १२ लाख ८७ हजार पुगेको छ । एटीएम संख्या २६२४ रहेको छ ।

त्यसैगरी, मोबाइल बैंकिङ्गका ग्राहकहरुको संख्या ४० लाख, इन्टरनेट बैकिङ्गका ग्राहकहरुको संख्या ७ लाख ८४ हजार, जारी भएका डेबिट कार्डको संख्या ५२ लाख ३५ हजार तथा क्रेडिट कार्डको संख्या ९७ हजार रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।