बीमा व्यसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई बीमा व्यवसायको नियमन, निरीक्षण, सुपरिबेक्षण र विकास गर्न तथा बीमितको हकहित संरक्षण गर्न नियमनकारी निकायको रुपमा नेपाल बीमा प्राधिकरणको स्थापना गर्ने प्रस्ताव ।
प्रस्तावित बीमा विद्येयक अनुसार हाल बीमा समितिले गर्दै आएको सम्पुर्ण काम, कर्तव्य र अधिकार बीमा प्राधिकरणमा ।
चलअचल सम्पती वा दायित्वका साथै कर्मचारीहरु समेत स्वतः प्राधिकरण अन्तरगत हुने ।
प्राधिकरणका कर्मचारीको सेवा सुविधा, विनियम, संगठनिक संरचनाको निर्णय अधिकार अर्थमन्त्रालयलाई ।
हाल रहेको बीमा समितिको कार्यकाल तत्काल समाप्त हुने ।
बीमा प्राधिकरणको अध्यक्ष वा सदस्य हुनका लागि न्युनतम योग्यता निर्धारण ।
प्राधिकरणको अध्यक्ष वा सदस्य हुन नेपाली नागरिक हुनुपर्ने, बीमा मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्बशास्त्र वा कानुन विषयमा कम्पनीमा स्नाकोत्तर वा सो सरहको उपाधि हसिल गरी सम्बन्धित क्षेत्रमा कम्पीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हुनुपर्ने प्रावधान ।
प्राधिकरणको कोषमा जम्मा हुने रकमको ५० प्रतिशत हिस्सा नेपाल सरकारले लैजाने ।
नेपाल सरकारवाट प्राप्त रकम, बीमा कम्पनीहरुको स्थापना, पूर्व स्वीकृति, इजाजतपत्र प्रदान वा नविकरण गरे बापत प्राप्त रकम, बीमा व्यवसायको नियमन शुल्क, स्वदेशी तथा विदेशी संघ, संस्था वा व्यक्तिवाट प्राप्त रकम र अन्य स्रोतवाट प्राप्त रकमबाट सञ्चालन खर्च कटौती गर्दा कायम हुने रकमको ५० प्रतिशत रकम संघीय सञ्चिति कोषमा दाखिला गर्नु पर्ने ब्यवस्था ।
बीमा व्यवसाय संचालनको लागि बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी समय समयमा निर्धारण गरिने, न्युनतम चुक्ता पूँजी नपुर्याउने बीमक कम्पनीको इजाजत पत्र रद्ध हुने ।
प्राधिकरणले निर्धारण गरे बमोजिमको मात्रा र अनुपातमा बीमा कोषको व्यवस्था गर्नुपर्ने ।
बीमा व्यवसाय सम्बन्धी दायित्व वहन गर्न छुटै अनिवार्य जगेडा कोषको व्यवस्था गर्नुपर्ने ।
प्रत्येक बीमकले आफ्नो कुल जारी पूँजीको न्युनतम ३० प्रतिशत शेयर सर्वसाधारणलाई विक्रि गर्नु पर्ने ।
विदेशी बीमा कम्पनीको शाखा कार्यलयको हकमा सर्वसाधारण्मा सेयर जारी गर्नु नपर्ने ।
सर्वसाधारणलाई छुट्याएको शेयरको ५ प्रतिशत हिस्सा बीमक कम्पनीले आफ्नो कर्मचारीलाई छुट्याउन सकिने ।
बीमकले प्राधिकरणको स्वीकृतिमा संस्थापक शेयर समुहको स्वामित्व ५१ र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्नु पर्ने ।
बिधेयकको पूर्ण पाठ यहाँ हेर्नुहोस् ।