यस अभियान अनुसार सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्सा जिल्लामा शैक्षिक अभियान सुरू गरिने बैंकले जनाएको छ । यस अभियानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरूलाई २ वर्ष स्वयंसेवी शिक्षकको रूपमा अंग्रेजी, गणित र विज्ञान विषयहरूमा देशका विभिन्न ग्रामीण क्षेत्रका सार्वजनिक विद्यालयहरूमा शिक्षण गराईने उल्लेख छ ।
ग्रामीण समुदायका वालवालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्य अनुरूप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पाँच लाख आर्थिक सहयोग गरेको छ ।
वि.सं. २०७१ सालमा सिन्धुपाल्चोक जिल्लाबाट टिच फर नेपालले सुरू गरेको यस अभियानबाट हालसम्म २०० जना भन्दा बढी प्रज्ञार्थी (फेलो) हरू सरिक भई सार्वजनिक विद्यालयहरूमा शिक्षण गराई सकेका छन् ।
हाल ६ वटा जिल्लाका ५१ वटा सार्वजनिक विद्यालयहरूमा १११ प्रज्ञार्थी (फेलो) हरूले ९ हजारभन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा शिक्षण गराईरहेका छन् ।