लघुबीमा प्रयोजनको लागि मात्रै बीमा कम्पनी खोल्न सकिने

Jul 15, 2018 Merolagani

लघुबीमा प्रयोजनको लागि मात्रै बीमा कम्पनी खोल्न सकिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विहिबार संसदमा प्रस्तुत गरेको बीमा विद्येयकमा लघु जीवन बीमा वा लघु निर्जीवन बीमा व्यवसाय संचालन गर्नको लागि मात्रै बीमा कम्पनी स्थापना गर्न सकिने व्यवस्था रहेको छ ।

लघु बीमा प्रयोनजको लागि मात्रै कम्पनी स्थापनाको लागि बीमा प्राधिकरणले निर्धारण गरे बमोजिम चुक्ता पूँजी कायम हुनुपर्दछ । प्राधिकरणले समय समयमा बीमा कम्पनीहरुको चुक्ता पूँजी निर्धारण गर्न सक्नेछ । लघुबीमा कम्पनीको स्थापना, इजाजतपत्र तथा नवीकरण सम्बन्धी व्यवस्था समेत गरिएको छ ।

यसअघि प्रत्येक बीमा कम्पनीहरुले लघुबीमा व्यवसायमा अनिवार्य लगानी गर्नुपर्ने व्यवस्थालाई पनि निरन्तरता दिने भएको छ । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट मार्फत पनि लघुबीमा कार्यक्रमलाई अनिवार्य गरिने घोषणा गरेको थियो ।

बीमा कम्पनीहरुले न्युन आय भएका वर्ग तथा पिछडिएको क्षेत्रलाई लक्षित गरी लघुबीमा कार्यक्रम संचालन गर्नुपर्नेछ । बीमकले लघुबीमा सम्बन्धी कार्य गर्ने अभिकर्ताको नियुत्त गर्दा अनिवार्य लिखित सम्झौता गर्नुपर्ने र बीमकले दाबीको दाबी योग्य रकम निश्चित अवधि भित्र भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ ।

यस्तै बीमकले बार्षिक रुपमा आर्जन गरेको कुल बीमा शुल्कको ०.५ प्रतिशतका दरले हुन आउने रकम नियमन शुल्क बापत प्राधिकरणमा बुझाउनु पर्दछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।