शेयर लगानीकर्तालाई अर्को कर, क्लोज आउटमा २५ प्रतिशत लाभकर

Jul 16, 2018 Merolagani

शेयर बजारका लगानीकर्तालाई साउन १ गतेदेखि फेरी अर्को कर लाग्ने भएको छ । सरकारले क्लोज आउट रकममा २५ प्रतिशत आकस्मिक लाभकर उठाउने भएको हो । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले सोमबार सम्पूर्ण राफसाफ सदस्यलाई परिपत्र गर्दे मंगलबारदेखि क्लोज आउट रकममा आकस्मिक लाभकर उठाउन निर्देशन दिएकाे छ ।

सिडिएससीले धितोपत्र राफसाफ तथा फछ्र्यौट नियमावलि २०६९ संशोधित को विनियम २१ को उपविनियम २ बमोजिम धितोपत्र राफसाफ तथा फछ्र्योट गर्दा धितोपत्र नपुग भइ लाग्ने क्लोज आउट भएको रकममा आयकर ऐन २०५८ बमोजिम २५ प्रतिशत आकस्मिक  लाभकर लाग्ने जनाएको छ । 

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले महालेखापरीक्षकको कार्यालयको निर्देशन बमोजिम क्लोज आउटमा आकस्मिक कर लगाईएको बताए ।

क्लोज आउट भएमा शेयर बिक्रेताले क्रेतालाई जरिवाना स्वरुप २० प्रतिशत रकम तिर्नुपर्ने व्यवस्था छ । त्यही क्रेताले पाउने रकममा सरकारले आकस्मिक लाभकर उठाउने लागेको हो । 

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अहिलेसम्म क्लोज आउटमा परी लगानीकर्ताहरुले एक दिनमा कम्तिमा १५० रुपैयाँ देखि झण्डै दुई करोड रुपैयाँसम्म जरिवाना तिरेका छन्।

 

क्लोज आउटमा पर्ने कारणहरु

चाँडो नाफा कमाउन डिम्याट खातामा नआइ सकेको शेयर बेच्ने, बैंकमा रोक्का भएको शेयर बेच्ने, आफ्नो डिम्याट खातामा नहेरी शेयर बिक्री आदेश दिँदा लगानीकर्ता क्लोज आउटमा पर्ने गरेको आर्यतारा सेक्युरिटिजका प्रमुख गुणनीधि भुषाल बताउँछन् ।

उस्तै, उस्तै सुनीने कम्पनीको काराेबार संकेत (कोड) मा झुक्किने तथा परिवारका सदस्यहरुको खातामा भएको शेयरको बारेमा समेत झुक्किने जस्ता थुप्रै कारणले लगनाीकर्ता क्लोज आउटमा पर्ने गरेको उनको भनाई छ ।

कतिपय अवस्थामा नियमित र धेरै पटक कारोबार गर्ने लगानीकर्ताले अघिल्लो दिननै बिकेको शेयर झुक्किएर भोलि पनि बिक्री आदेश दिँदा समेत क्लोज आउटको समस्या भोग्ने गरेका छन् ।

अक्सन मार्केट सुरुवात गर्नुपर्ने माग

यो समस्या निराकरणका लागि अक्सन मार्केट सुरुवात गर्नुपर्ने भुषाल बताउँछन् । अक्सन मार्केट हुने हो भने क्लोज आउटमा परेका मान्छेलाई नपुगेको शेयर बोल कबोलमा किनेर सेटलमेन्ट गर्न सकिने उनको भनाई छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।