पूर्वाधार विकास आयोजनाहरुले पनि विदेशबाट ऋण लिन पाउने

Jul 16, 2018 Merolagani

पूर्वाधार विकास निर्माणका आयोजनाहरुले पनि विदेशबाट अल्पकालिन कर्जा ल्याउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै  पूर्वाधार विकास आयोजनाहरुले आयोजना निर्माणका क्रममा चालु खर्चलाई धान्न अल्पकालीन सुविधा आवश्यक परेमा विदेशबाट सापटी ल्याउन पाउने व्यवस्था गरेको जनाएको छ ।

राष्ट्र बैंकले तोकेको शर्तको अधिनमा  रहेर मात्र पूर्वाधार विकास निर्माणका आयोजनाहरुले विदेशबाट अल्पकालीन कर्जा लिन पाउनेछन् । राष्ट्र बैंकले यस्ता आयोजनका लागि आठ वटा शर्त राखेको छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १० (ख) ले दिएको अधिकार प्रयोग गरी आयोजनाहरुलाई चालु खर्चलाई धान्न विदेशबाट सापटी ल्याउन पाउने व्यवस्था गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए ।

यस्ता छन् शर्त

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।