राष्ट्रिय वाणिज्य बैंकका तीन नयाँ शाखा

Jul 16, 2018 Merolagani

राष्ट्रिय वाणिज्य बैंक (RBB) ले एकै पटक तीन जिल्लामा शाखा बिस्तार गरेको छ । बैंकले सोमबार मुगु, रसुवा र खोटाङमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ६ स्थित सोरुकोट, रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नं. २ स्थित कालिकास्थान र खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. ४ स्थित बाक्सिलामा नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारको सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने नीति अनुरुप बैकले आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा बिस्तारलाई प्राथमिकता दिएको बताए । बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा छन् ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।