बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारी गरि ४ स्थानमा शाखा बिस्तार गरेको हो । बैंकले चालु आर्थिक वर्षमा मात्र १४ वटा शाखा बिस्तार गरेको छ । सरकारले वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरे अनुरुप शाखा बिस्तार गरिएको बैंकको विज्ञप्तीमा उल्लेख छ ।
निकट भविष्यमा नै बैंकले कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा थप शाखा संचालन गर्ने योजना बनाएको छ । सिटिजन्स बैंकले ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार सेवाग्राहीलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।