यसैगरि बैंकका संचालक प्रकाश श्रेष्ठ संचालक समितिको अध्यक्षमा चयन भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल समक्ष सञ्चालक समितिको अध्यक्षको सपथ ग्रहण गरेका छन् ।
बैंकका अन्य सञ्चालकहरुमा राधेश पन्त,जितेन्द्र धिताल, हेमराज सुवेदी, गोविन्द प्रसाद शर्मा, मदनलाल जोशी र दिब्यनीधि विष्ट रहेका छन् ।
यस्तै लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, बैंकको नियमावली संसोधन गर्ने लगायतका अन्य प्रस्ताव समेत पारित गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी ६ अर्ब २४ करोड रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ पुगेको छ ।