मंगलबार नेप्से ८.०५ अंकले घटेर १२०४.३१ अंकमा आइपुगेको छ । १५२ कम्पनीको ५ लाख १४ हजार १६१ कित्ता सेयर २० करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ ।
जुन सोमबारको तुलनामा ११ करोड २५ लाख रुपैयाँ कम काराेबार हो । सोमबार नेप्से १२.२७ अंकले बढेर ३१ करोड ८५ लाख रुपैयाँको कारोबार भएको थियो ।
गत बर्ष (२०७४) साउन १ गते नै ६८ करोड १२ लाखको सेयर कारोबार भएको थियो ।
नेप्सेले आजैबाट जीवन र निर्जीवन बीमा कम्पनीको उप सूचक छुट्टाएर अलग सूचकमा कारोबार थालेको छ । जीवन बीमाको सूचक पहिलो दिनमा नै ७४ अंक र निर्जीवन बीमाको सूचक ८७ अंकले घटेको छ ।
कारोबारमा आएका ११ उप समूहमध्ये अन्य, वित्त र व्यापारमा सुधार आएको छ भने बाँकी सबै सूचक झरेका छन् । धेरै घटेकामध्ये होटल ५३, जलविद्युत ३९, र उत्पादन ३५ अंकले घटेका छन् ।
नबिल बैंकको अधिक ६४ हजार ६०८ कित्ता सेयर कारोबार भएको छ । मंगलबारको कूल कारोबारमध्ये २८ प्रतिशत अर्थात पाँच करोड ८१ लाखको सेयर कारोबार नबिलको नै रहेको छ ।
नेपाल लाइफ, नेपाल बैंक, नबिल बैंक संस्थापक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राईम लाइफ इन्स्योरेन्स लगायतका कम्पनी धेरै कारोबार हुने कम्पनीमा परेका छन् ।
रैराङ हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा बढी ६.७६ प्रतिशतले बढेको छ । कन्काई विकास बैंक, नेपाल हाइड्रो डेभलपर, गुडविल फाइनान्स र ङादी ग्रुप पावरको सेयरमूल्य ३ प्रतिशत बढीले बढेको छ ।
बोटलर्स नेपाल तराई, नेपाल इन्स्योरेन्स, गण्डकी विकास बैंकको सेयरमूल्य ५ प्रतिशतले घटेको छ । मिथिला लघुवित्त, चिलिमे हाइड्रोपावर, शिखर इन्स्योरेन्स र एनआईबिएल प्रगति फण्डको इकाको सेयरमूल्य पनि ४ प्रतिशत बढीले घट्यो ।