एफपिओ बिक्री गर्न धौ धौ परेका बेला अर्को वाणिज्य बैंकले पनि पायो अनुमति

Jul 17, 2018 Merolagani

केही समय अघि एफपिओ निष्कासन गरेको एनएमबि बैंकले एफपिओ बिक्री गर्न निकै सकस झेल्यो । अन्तिम समयमा बोनसको सहारा लिएर मुस्किलले एफपिओ बिक्री गर्यो । नेपाल बैंकले निष्काशन गरेको एफपिओ पुरै बिक्री हुनेमा आशंका छ । यही बेला धितोपत्र बोर्डले फेरि अर्को वाणिज्य बैंकलाई एफपिओ बिक्रीको अनुमति दिएको छ ।

धितोपत्र बोर्डले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलार्इ ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री गर्ने अनुमति दिएको हो ।

बैंकले अंकित मूल्य एक सय रुपैयाँमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले एफपिओ बिक्री गर्ने अनुमति पाएको हो ।

मंगलबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता २३३ रुपैयाँमा कारोबार भएको छ ।

एफपिओ पछि बैंकको चुक्तापूँजीमा ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ भने त्यति नै रकम जगेडाकोषमा जम्मा हुने छ । एफपिओ पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ।

एफपिओ निष्कासनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । बैंकले निष्कासन गर्ने एफपिओको प्रत्याभूति सिभिल क्यापिटल लिमिटेडले गरेको छ ।

संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ कायम गर्न बैंकले एफपिओ निष्कासन गर्न लागेको हो । हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।