पञ्चकन्या माई हाइड्रोको आईपिओ पहिलो दिनमै बिक्यो,१८ हजार बढीको आवेदन

Jul 17, 2018 Merolagani

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले मंगलबारदेखि सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर पहिलो दिनमा नै विक्री भएको छ । कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणका लागि १० लाख एक हजार कित्ता सेयर खुला गरेकोमा १३ लाख बढी कित्ता माग भएको हो ।

हाइड्रोपावर कम्पनीको सेयर निष्काशन तथा विक्ती प्रबन्धक सनराइज क्यापिटलले सेयर खुलेकाे पहिलाे दिन मंगलबारमा मात्र १८ हजार आवेदनबाट १३ लाख कित्ता बढी सेयर माग भएको जनाएको छ । अार्इपिअाेमा साउन ४ गतेसम्म अावेदन गर्न पाइने छ ।

 

एक अर्ब १० करोड रुपैयाँ जारी पूँजी रहेको पञ्चकन्याले जारी पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो । कम्पनीले कूल ११ करोड रुपैयाँको ११ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

निष्काशित आईपिओमध्ये ४४ हजार कित्ता कम्पनीको कर्मचारीहरू र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । १० लाख एक हजार कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।

आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ । आईपिओमा पहिलो दिनमा नै निष्काशित सबै सेयरको माग भैसकेको हुँदा गोलाप्रथाबाट सेयर बाँडफाँड गर्नुपर्ने अवस्थामा आउनेछ । त्यसैले ५० कित्ताका लागि नै आवेदन प्रयाप्त देखिन्छ ।

लगानीकर्ताले आईपिओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीबाट तथा मेरो सेयर प्रयोगकर्ताले घरबाटै आवेदन गर्न सक्नेछन् ।

कम्पनीले क्रेडिट रेटिङ ४ पाएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर अवस्थामा रहेको बुझिन्छ ।

यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको लागि हाइड्रोले ११ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । पहिलो चरणमा स्थानीयलाई सेयर निष्काशन गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपिओ जारी गरेको हो ।

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।