एक दशकसम्म प्रक्रियामै अल्झिएको रघुगङ्गा आयोजना बन्ने सुरसारमा

Aug 14, 2018 RSS

एक दशकसम्म प्रक्रियामै अल्झिएर बसेको बहुप्रतिक्षीत रघुगङ्गा जलविद्युत् आयोजना अघि बढाउने सुरसार भएको छ । पूर्वनिर्धारित कार्यतालीकाअनुसार निर्माण सकिएर विद्युत् उत्पादन शुरु गरिसक्नुपर्ने यो आयोजनाको निर्माण कार्य अघि बढाउन सिभिल ठेकेदार परिचालन भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानी रहेको रघुगङ्गा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको ४० मेगाबाट क्षमताको यो आयोजना निर्माणका लागि २०७४ मङ्सिर ५ गते भारतीय निर्माण कम्पनी जेपी एशोसियट्ससँग छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

गत असारमा कार्यक्षेत्रमा परिचालन भएको ठेकेदार कम्पनीले रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटदेखि झिँ र दग्नामको सिमाना बुक्लसम्म पुग्ने सडक निर्माणसँगै व्यवस्थापन र उपकरण जुटाउन थालेको छ । मनसुन सकिएलगत्तै बाँध, सुरुङ र विद्युत् गृहको काम एकैसाथ अघि बढाउने तयारी गरिएको कम्पनीका सिभिल महाशाखा प्रमुख राजकुमार श्रेष्ठले बताए ।

“ठेकेदारलाई असार १० गते नोटिस टु प्रोग्रेस पत्र दिएका थियौँ,” श्रेष्ठले भने – “डिजाइन र साढे सात किलोमिटर पहुँच मार्गको ट्र्याक खोल्ने काम सकिएको छ । बर्खा लगत्तै फुल फेजमा कामलाई तीव्रता दिने तयारीमा छौं ।” ठेक्का सम्झौता स्वीकृत गर्न मात्रै ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकले छ महिना लगाएको थियो ।

सिभिल निर्माणको काम ३९ महिनाभित्र सम्पन्न गर्ने सम्झौता गरेको आयोजनाले दोस्रो चरणमा इलेक्ट्रो मेकानिक ठेक्का प्रक्रिया अघि बढाएको छ । भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋण लगानी रहेको कम्पनीको अवधारणाअनुसार निर्माण हुन लागेको यो आयोजनामा सर्वसाधारण र स्थानीय बासिन्दाले लगानीको अवसर पाउने प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताए ।

इन्जिनीयरिङ प्रोक्योरमेन्ट एन्ड कन्ट्रयाक्ट ९इपीसी० प्रारुपमा निर्माण हुन लागेको यो आयोजनामा यसअघि छनौट भएको भारतको आइभिआरसिएल प्रोजेक्ट्स लिमिटेड कमजोर आर्थिक अवस्थाका कारण टाट पल्टिएपछि चार वर्षमा १० प्रतिशत पनि काम नगरी पन्छिएको थियो ।

पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अघि बढाइएको यो आयोजनामा ‘विगत नदोहोरियोस्’ भन्ने सरोकारवालाको अपेक्षा छ । रघुगङ्गा गाउँपालिका–३ रानीपौवाका प्रेमबहादुर कार्कीले म्याग्दीको विकासका लागि महत्वपूर्ण अवसर मानिएको रघुगङ्गा जलविद्युत् आयोजनालाई सफल बनाउन समुदाय तयार रहेको बताए ।

यसअघि ३२ मेगावाट डिजाइन गरिएको यो आयोजनाको क्षमता आठ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको हो । पहिलेको कार्यतालीका र सम्झौताअनुसार आयोजना विसं २०७० सालमा सकिनुपर्ने थियो । नदीको बहावमा आधारित रघुगङ्गा आयोजनाले पिप्ले, झिँ र दग्नाममा नौ वर्षअघि नै २८२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

झिँ र दग्नामको सीमामा बाँध रहेको आयोजनाको विद्युत् गृह पिप्लेको तिल्केनीचौरमा रहने जनाइएको छ । रघुगङ्गालगायतका निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न विद्युत् प्राधिकरणले खुर्कोट–दाना प्रशारण लाइनका साथै राहुघाट र दानामा सब स्टेशन निर्माण गरिरहेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।