अमेरिकी सामानमा गरेको करबृद्धिले चीनको आर्थिक स्थितिमा मध्यम प्रगति

Aug 14, 2018 Merolagani

पछिल्लो पटक मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कले चीनको अर्थतन्त्रमा अझ कमजोरी आएको सङ्केत देखा परेको छ । विवरण अनुसार, आर्थिक वर्षको पहिलो साता महिनामा लगानी सबैभन्दा न्यून बिन्दुमा झरेको छ भने सामानको बिक्रीमा कमी आएको छ ।

बेइजिङ सामुन्ने सन्तुलन कायम गर्नुपर्ने परिस्थिति छ, वृद्धिका साधनहरुलाई लगानी र निर्यातमा मात्र केन्द्रित गर्नुको साटो वैयक्तिक उपभोगमा पनि लगाउनुपर्ने अवस्था छ । चीनका अघिल्तिर ऋणको पहाडसँग जुध्नुपर्ने चुनौती पनि उत्तिकै छ ।

अमेरिकासँगको व्यापारिक विवादले समस्यामाथि समस्या थपेको छ –– केही हप्तादेखि चिनीया मुद्रा युआन र बजार दुबै खस्किएका छन् । अमेरिकासँगको तनाबले निर्यातकर्तालाई राहत दिएपनि चिनीया उपभोक्ता मारमा परेका छन् ।

अमेरिकाले ३४ अर्ब डलरको चिनीया सामानमा गरेको करबृद्धि र त्यससँगै चीनले प्रतिशोधस्वरुप अमेरिकी सामानमाथि गरेको करबृद्धि जुलाईको सुरुदेखि प्रयोगमा आइसकेको छ । करबृद्धिका अरु थप घोषणा आगामी हप्ता पनि चालू रहने अनुमान गर्न थालिएको छ ।

चीनको तथ्याङ्क ब्यूरो (एनबीएस) का प्रवक्ता लिऊ आइहूले भनिन्, “यो द्वन्द्वको असर चीनमाथि कति पर्ला भन्ने अहिल्यै भन्न कठिन छ ।” गत साता जारी व्यापार तथ्याङ्कले जुलाईमा चिनीया निर्यातमा वृद्धि नभएको देखाएको छ ।

“नकारात्मक असरहरु विस्तारै देखिएलान्, अन्तर्राष्ट्रिय अर्थतन्त्र र विश्व अर्थतन्त्रमा परेका असर प्रकट हुन थालिसकेका छन्,” लिउले बताइन् ।

एनबीएसका अनुसार, कारखाना र वर्कसपको उपार्जन जुन महिनाकै दाँजोमा जुलाईमा ६.० प्रतिशतले वृद्धि भयो, तर यो तथ्याँक ब्लुमबर्ग न्यूजले गरेको प्रक्षेपणमा देखाइएको ६.३ प्रतिशत भन्दा केही कम हो ।

घरेलु उपभोगको मुख्य मापक खुद्रा बिक्रीमा जुलाईमा ८.८ प्रतिशतले वृद्धि भएको छ, तर यो जुनमा रहेको ९ प्रतिशतभन्दा कम हो । खुद्रा बिक्रीको लक्ष्य भने ९.१ प्रतिशत रहने अनुमान गरिएको थियो ।
––––

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।