बुटवल पावरको प्रतिसेयर आम्दानीमा पनि देखियो यस्तो संकुचन

Aug 15, 2018 Merolagani

बुटवल पावर कम्पनी (BPCL) को खुद अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ७ प्रतिशतले खुद नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षमा ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको बुटवल पावरले गत आर्थिक वर्षमा ७१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा चार करोड ४४ लाख रुपैयाँले बढेको हो । यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६६ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा अवधिमा ६६ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको थियो । अरु कम्पनीबाट लाभांश तथा अन्य स्रोतबाट पाँच करोड ६२ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

दुई अर्ब २१ करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ७३ प्रतिशतले बढेको छ ।

एफपिओ बिक्रीबाट संकलित प्रिमियमका कारण जगेडा कोषको आकार धेरै बढेको हो ।

अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५८ करोड रहेको जगेडा कोष गत आर्थिक वर्षमा ४ अर्ब ४७ करोड ७० लाख रुपैयाँको बनेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ११ पैसामा झरेको छ । गत वर्षको सोही अवधिमा उसको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ९० पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ३०१ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात १४.२३ गुणा बढी छ ।

अहिले हिमाल पावरले सञ्चालन गरिरहेको ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत आयोजनामा बीपीसीको १७ प्रतिशत स्वामित्व छ । उक्त आयोजनाबाट बीपीसीले पछिल्ला २ आर्थिक वर्षमा ५४ करोडको औसतमा लाभांश खाई रहेको छ । उल्लेखित लाभांश खाएर पछिल्ला २ आर्थिक वर्षमा कम्पनीले औसतमा ६० करोड खुद नाफा कमाउँदै आएकोमा गत आर्थिक वर्षमा पनि त्यसले निरन्तरता पाएको हो ।

दुई वर्षपछि खिम्तीले विद्युत उत्पादन थालेको २० वर्ष पुग्छ । प्राधिकरणसँगको सम्झौता अनुसार सोही मितिबाट पीपीए समाप्त हुनुका साथै आयोजनाको ५० प्रतिशत स्वामित्व हिमाल पावरबाट विद्युत प्राधिकरणमा जानेछ ।

त्यसपछि विद्युत प्राधिकरणले ५ रुपैयाँ महङ्गो मूल्यमा खिम्तीको बिजुली किन्ने छैन । अहिले विद्युत प्राधिकरणले रोयल्टी सहित झण्डै १३ रुपैयाँ प्रतियुनिटको दरमा खिम्तीको बिजुली किन्दै आएको छ । आयोजनामा बीपीसीको स्वामित्व १७ प्रतिशतबाट साढे ८ प्रतिशतमा झर्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।