फुडमाण्डु चियर योर टिमका विजेतालाई ४३ इञ्चको टेलिभिजन

Aug 15, 2018 Merolagani

विश्वकप २०१८ का अवसरमा खाना डेलिभरी कम्पनी फुडमाण्डुले आयोजना गरेको चियर योर टिम योजनाको नतिजा सार्वजनिक भएको छ । विश्वकप खेलप्रमीहरुलाई लक्षित गरि आयोजना गरिएको यस योजनाका विजेताहरुलाई फुडमाण्डूले उपहार बितरण गरेको छ ।

खानाहरुमा विभिन्न आकर्षक अफर, विशेष छुट र हरेक अर्डरसंगै खेलको नतिजा अनुमान गर्ने व्यवस्था फुडमाण्डूले गरेको थियो ।यसमा सबैभन्दा धेरै अंकल्याएर पहिलो बनेका काठमाडौंका शेखर शर्माले सामसुङको ४३ ईन्चको फुल एच.डि. स्मार्ट टेलिभिजन जितेका छन् ।

नक्साल स्थित कार्यालयमा एक कार्यक्रमका बिच फुडमाण्डूका प्रमुख कार्यकारी अधिकृत मनोहर अधिकारी र सामसुङका नेपाल प्रतिनिधि आलोक गुप्ताले संयुक्त रुपमा शर्मालाई टेलिभिजन हस्तान्तरण गरेका थिए ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।